Tuesday, July 27

कोरियाबाट फर्केका ठगेन्द्र कृषि जागरणमा, गर्दैछन सामूहिक खेति

July 10, 2021 226

बाउबाजेको पालादेखि सुनिदै आएको नेपालको परिचयात्मक शब्दावली हो ‘कृषि प्रधान देश’ । तथापि, कृषि प्रधान देशको कृषि व्यवस्था यो शब्दावली सुहाउँदो बन्न सकेको छैन । बरु कतिपय हिसाबले हाम्रो कृषि अझ रू’ग्ण बन्दै गएको छ । पढेलेखेका युवाहरुमा कृषिप्रतिको आक”र्षण दिनानुदिन घट्दो छ, खेतबारी बाँ’झिनेक्रम बर्षेनी बढ्दो छ । सरकारले बर्षैपिच्छे कृषिमा गरेको भनिएको लगानी परिणाममा हेर्दा नि’रासाजनक छ ।

यो दुरावस्थाका कारण नेपाली कृषिले आवश्यक युवा जनशक्ति पाउन सकेको छैन । युवाशक्ति व्यवसायीकरुपमा नलागेसम्म हाम्रो कृषि व्यवस्थालाई उन्नत बनाउन सकिंदैन । चु’नौतीमा सम्भावनाहरु पनि प्रसस्त हुन्छन्, हिम्मत र जाँगर भएकाहरुले ती सम्भावनाहरुको खोजी गर्छन् । सुखद् नै मान्नुपर्छ, पछिल्ला केही वर्षायता सानो संख्यामा भए पनि व्यवसायीक कृषिमा युवाहरुको प्रवेश हुन थालेको छ । त्यसरी लाग्नेहरूमा कतिले अनुकरणीय कामसमेत गरेका छन् । त्यस्ता अनुकरणीय काम गर्नेहरु मध्येका एक हुन् – मोरङको रतुवामाई ९, झरनाका ठगेन्द्र न्यौपाने ।

पाँच बर्ष दक्षिण कोरिया बसेर फर्किएका ठगेन्द्र अहिले  आफ्नै गाउँघरको माटो सुम्सुम्याउदै कृषि कर्ममा नयाँ तौरतरिकाले जुटेका छन् । स्थानीय युवाहरुलाई सहभागी गराएर अभियानकै रुपमा सामुहिक खेतीपातीको नेतृत्व गरिरहेका छन् उनी । बैदेशिक रोजगार समन्वय समिति रतुवामाई नामको संस्थामा आबद्ध भएर ठगेंद्रको अगुवाइमा व्यवसायीक कृषि थालेका युवाहरु अहिले स्थानीय बजारमा आफ्ना उत्पादनहरु बिक्री गरिरहेका छन् । संस्थाको नाम र लोगो अंकित टिसर्ट लगाएर उनीहरु कृषि फसल बेच्न बजार निस्किन्छन् । उनीहरु अहिले च्याउ, भिण्डी, टमाटर लगायतका उत्पादन बेचिरहेका छन्। पढेलेखेका र  देशविदेश घुमेका युवाहरुले यसरी बजारमा आफ्ना उत्पादनहरु बेचेको देखेपछि अरुहरु पनि उत्प्रेरित हुनथालेका छन्।

कसरी जुटे युवाहरु कृषिमा ?

नेपाली कामदार दक्षिण कोरिया जाने लहर चलेको देखेपछि  राजधानीमा सानोतिनो काम गर्दै कलेज पढ्दै गरेका ठगेन्द्रको मन पनि ठुलो जहाज चढेर उढ्न थाल्यो । काठमाण्डुमा बसेर आर्थिक कठिनाइ खेपिरहेका उनले कोरियामा मनग्ये पैसा कमाएको सपना देख्न थाले । जीवनमा एक चोटी कोरिया जाने पर्ने निष्कर्ष निकालेर उनी इपिएस परीक्षाको तयारीमा जुटे । पहिल्यै प्रयत्नमा एपिएस पास गरेर उनी कोरिया उडे । राम्रो कमाइ हुने काम पाए । सयमा चल्दै गरेको जीवनको हिसाब लाखमा हुन थाल्यो ।

महिनाको अ’न्त्यमा हाराहारी दुई लाख हात पर्दाको हर्ष उनी अहिले पनि सम्झन्छन् । उनी भन्छन्, “सुरुसुरुमा लाख-लाख तलब थाप्दा मैले यत्रो कमाएँ भनेर आफैलाई पत्याउन गा’ह्रो हुन्थ्यो । मेरो कमाइ महिनाको दुई लाख जति हुन्थ्य । कुनैकुनै महिना बढी पनि हुन्थ्यो । परिवारका सबै लागेर बर्षभरी खेतीपाती गर्दा हामीलाई दुई-चार हजार बचाउन धौ’धौ पर्थ्यो । म एक्लैले महिनैपिच्छे दुई लाख कमाउनु म र मेरो परिवारका लागि अमुल्य खुशीको कुरो थियो”।

काम सँगसँगै नेपालीहरुमाझ हुने सामाजिक गतिविधिमा पनि  सक्रिय थिए ठगेन्द्र । धेरै गतिविधिको नेतृत्व उनी आफैं गर्थे । उनले नेकपा प्रवास कमिटी, दक्षिण कोरियाको सदस्य निर्वाचित भएर समेत काम गरे । राम्रो कमाइ र राम्रो नेतृत्व प्राप्त भइरहे पनि उनको कोरिया बस्ने मन मा’र्दै गयो । स्वदेश फर्केर आफ्नै गाउँमा केही गर्नुपर्छ भन्ने भावना उनमा जागृत हुँदै गयो । अनेक विकल्प मध्ये व्यवसायीक कृषिले उनको मन तान्न थाल्यो । बिस्तारै, बैदेशिक रोजगारमा रहेका र गाउँमै भएका युवाहरु मिलेर नयाँ तौरतरिकाले व्यवसायीक कृषि गर्ने निष्कर्षमा पुगे उनी ।

विभिन्न देशमा रहेका आफ्नो गाउँठाउँका युवाहरुसँग  उनी सम्पर्क गर्न थाले । मन मिल्लनेहरु भेटिंदै गए । जोस जाँगर भएकाहरुको संख्या बढ्दै गएपछि अनलाइन बैठक गरेर उनीहरुले ठगेन्द्रकै अध्यक्षतामा रतुवामाई बैदेशिक रोजगार समन्वय समिति गठन गरे । समितिमा रतुवामाईमै रहेका युवाहरुलाई पनि समेटिय । यही समितिको नामबाट  फेसबुक पेज बनाएर उनीहरु आफ्ना गतिबिधि र योजना प्रस्तुत गर्न थाले ।
२०७६ असोजमा ठगेन्द्र कोरिया छोडेर घर फर्किए । बिस्तारै समितिका अरु केही सदस्यहरु पनि घर आए । कार्तिकमा समितिलाई पुनर्गठन गरी ठगेन्द्रकै अध्यक्षतामा उनीहरुले जिल्ला प्रशासन कार्यालय मोरङमा संस्था दर्ता गराए । संस्था दर्ताको बैधानिक प्रमाणपत्र प्राप्त गरेपछि पहिलो चरणमा उनीहरुले स्थानीय युवाहरुमाझ व्यवसायीक कृषि सम्वन्धी आफ्ना योजनाहरुको प्रसार गरे । त्यसपछि लिजमा जाग्गा लिएर तरकारी खेतिबाट कृषि अभियान सुरु गरे ।

अहिले के के गर्दैछन् ?

३-४ बिगाह जमिनबाट तरकारी खेति थालेका युवाहरु अहिले ३३ बिगाह जमिन भाडामा लिएर खेति गर्दैछन् । तरकारी बालीमा उनीहरु च्याउ, भिण्डी र टमाटर उत्पादन गर्छन् । धेरै जग्गामा उनीहरु धान र मकै खेति गर्छन् । अहिले उनीहरुले १३ बिगाहामा बर्खे धान रोपेका छन्, ८ बिगाहामा मकै लागाएका छन् । केही जग्गा खाली पनि राखेका छन् । अब बर्खामा लगभग सबै जाग्गामा हिउँदे धान रोप्छन् ।

संस्थाका सदस्यहरुबाटै पुँजी जम्मा गरेर कृषि गरिरहेका युवाहरुले सरकारी अनुदान पनि पाउन थालेका छन् । सस्थाले पाएको अनुदान बारे ठगेन्द्र भन्छन्, “हामीले अहिलेसम्म २ सय पोका च्याउमा सतप्रतिशत अनुदान पायौं, मकैमा पचास प्रतिशत पायौं । धान जोनबाट एउटा पावर टेलर पनि लियौं”।

प्रदेश सरकारको कृषि यन्त्रीकरण केन्द्र स्थापना कार्यक्रम अन्तरगत पाउने अनुदानका लागि पनि समितिले  प्रक्रिया अगाडी बढाएको छ । यस योजना अन्तरगत एउटा ट्रयाक्टर, थ्रेसर, रोटाभेटर, आली लाउने मेशिन, मकै रोप्ने हाते मेशिन र च्याउका लागि पराल काट्ने मेशिनका लागि भर्खरै सम्झौता भएको न्यौपाने वताउँछन् । उनका अनुसार संस्थाले २६ लाख ६० हजार बराबरका कृषि यन्त्रहरु पाउनेछ र यसमा संस्थाको ५० प्रतिशत लगानी र सरकारको ५० प्रतिशत अनुदान रहनेछ ।

तिता-मिठा अनुभव

सुरुका दिनमा कोरियामा बसेर सामाजिक संजाल फेसबुकबाट गाउँ फर्केर कृषि गर्ने योजना प्रस्तुत गर्दा धेरैले आफुहरुलाई उल्लीबिल्ली पारेको अनुभब न्यौपानेसँग छ । त्यसो त उनीहरुलाई उत्प्रेरित गर्नेहरु पनि उत्तिकै थिए । त्यतिबेलाको खिसिट्युरी र उत्प्रेरणा सम्झदै ठगेन्द्र भन्छन्, “हामी हाम्रा कुरा पोष्ट गर्थ्यौं । कतिले प्रेरणा दिन्थे, कतिले खिसिट्युरी गर्थे। यो खेतबारीको कृषि होइन,फेसबुके कृषि हो सम्म भन्थे । कहिलेकाँही हामी नि’रास पनि हुन्थ्यौं।  तर पनि आफुभित्रको उर्जा समेटेर हामी लागिरह्यौं र आज यो अवस्थामा आइपुगेका छौं” ।

खेति थाल्दा र सुरुसुरुमा तरकारी बेच्न जाँदा स्थानीयाहरुको समर्थन पाउन उनीहरुलाई निकै गा’ह्रो भएको ठगेन्द्र बताउंछन् । त्यो बेलाको टिकाटिप्पणी थोरै सकारात्मक र धेरै न’कारा’त्मक रहेको उनको बुझाइ छ । तर बिस्तारै उनीहरुको जाँगर र कामको प्रसंशा हुदै गयो । अहिले उनीहरुले स्थानीयको समर्थन पाएका छन्, सरकारी निकायहरुबाट समेत राम्रो सहयोग पाएका छन् ।

उनीहरुको गतिबिधि समेटेर नेपाल टेलिभिजनले समेत कार्यक्रम प्रसारण गरिसकेको छ । आफुहरुले गरेको काम नेपाल टेलिभिजनबाट प्रशारण भएकोमा न्यौपाने प्रशन्न छन् । उनी भन्छन्, “नेपाल टेलिभिजन जस्तो राष्ट्रिय प्रशारणले हाम्रा गतिबिधि र अन्तर्वार्ताहरु प्रस्तुत गरिदियो, यो हाम्रालागि ठुलो हौसला हो”।
कृषिबाट अहिले नै  ठुलो आर्थिक  उपलब्धि प्राप्त गर्न नसकिने पनि उनको ठम्याइ छ । तथापी, क्रमश कृषि क्षेत्रको समग्र विकास हुदैजानेमा  उनको दृढ विश्वास  छ । ठगेन्द्र भन्छन्, “समाज विज्ञानको नियमानुसार नै समाजका हरेक क्षेत्रको विकास हुन्छ । कृषिको विकास पनि यसै अनुरुप हुदैजान्छ । हाम्रो कामबाट स्थानीय युवाहरुमा कृषिप्रति सकारात्मक दृष्टिकोण जागृत हुदैगएको छ । कम्तिमा यो कृषि विकासका लागि एउटा आधारशिला हो”।   (यो समाचार सुनाखरी अनलाईनका लागि युवराज पौडेलले लेखेका हुन।)

प्रतिकृया दिनुहोस्