Wednesday, October 27

स्थानिय फेसन ब्राण्ड Topten10 र SPAO ले बिदेशी ब्राण्डलाई कोरियाबाट लखेट्दै

July 10, 2021 311

कोरियाको फास्ट फेसन ब्राण्ड टपटेन र स्पाओले विदेशी ब्राण्ड जारालाई उछिन्दै कोरियामा क्रमश दोश्रो र तेस्रो प्रख्यात ब्राण्डका रुपमा स्थापित हुन सफल भएका छन। यि घरेलु ब्राण्डले अहिले कोरियाको बजारमा एक नम्मरमा रहेको विदेशी युनिक्लो ब्राण्डको जग समेत हल्लाउन थालिसकेका छन। युनिक्लो ब्राण्ड जापानिज फेसन ब्राण्ड कम्पनी हो। यो अहिले कोरियामा नम्मर १ स्थानमा रहेको छ।

सन २०१९ मा युनिक्लोको ब्यापार टपटेनको भन्दा ३ दोब्बर बढि थियो। तर त्यसपछिका दिनमा भने यस्तो फरक साँ’घुरिदै गयो। गत बर्ष मात्र करिब ३० प्रतिशतले यस्तो फरक साँ’घुरियो। गत बर्ष टपटेनको कुल ब्यापार ३ सय ३४ बिलियन वनबाट बढेर ४ सय ३० बिलियन वन पुग्यो। यसै अबधिमा युनिक्लोको ब्यापार भने ९ सय ७५ विलियन वनबाट घटेर ५ सय ७५ विलियन वनमा झर्यो। टपटेनले युनिक्लोलाई कुल ब्यापारमा यसै बर्ष उ’छिन्ने धेरैले अनुमा’न गरेका छन।

को’रो’ना भा’इर’सको म’हामा’री भएतापनि टपटेन र स्पाओले देशभर धेरै भन्दा धेरै स्टोरहरु थपिरहेका छन। यि स्टोरहरुले अन्य ब्राण्ड र डिजाइनसँग सहकार्य गर्दै नयाँ नयाँ प्रोडक्टहरु बजारमा ल्याइरहेका छन। एकदमै सस्तो मूल्य र निरन्तर नयाँ नयाँ स्टोरहरुको विस्ता’रले गर्दा कोरियाका यि स्थानिय ब्राण्डहरुलाई सफलता मिलिरहेको छ। को’रो’ना म’हामा’रीअघि पनि युनिक्लोलाई बा’इ’कट जापान अभियानले ठूलो नो’क्सानी पुर्याएको थियो। जसका कारण यस ब्राण्डका स्टोरहरु सन २०१९ मा १९० वटा रहेकोमा गत बर्ष घटेर १५७ मा झरेको थियो। गत जनवरी र फेब्रुअरीमा थप १३ वटा स्टोर बन्द गरेको थियो। कोरोनाले गर्दा कोरियामा जारा तथा एच एण्ड एमका आउटलेटहरु समेत ब’न्द भएका थिए।

तर कोरियाको स्थानिय टपटेनले भने आफ्नो स्टोरहरु बढाईरहेको छ। सन २०१६ मा १ सय ३४ वटा स्टोर रहेको टपटेनले गत बर्षसम्ममा स्टोरहरुको संख्या बढाएर ४ सय २५ पुर्याएको छ। यसले यो बर्षमात्रै १ सय १५ वटा थप स्टोर सन्चालनमा ल्याउने तयारी गरिरहेको छ। इ ल्याण्ड ग्रुपको स्पाओ स्टोरले पनि सन २०१९ मा ९२ वटा रहेको स्टोर बढाएर गत बर्षसम्म १ सय १० पुर्याएको छ।

प्रतिकृया दिनुहोस्