Tuesday, July 27

कोरियाको पासपोर्ट विश्वकै तेश्रो शक्तिशाली, नेपाल कति स्थानमा छत? जानौं।

July 11, 2021 292

कुनै पनि देशको पासपोर्ट वाहकलाई फ्री भिजा दिने देशहरुको संख्याका आधारमा गरिएको पासपोर्टको रैङ्किङमा दक्षिण कोरियाको पासपोर्ट तेश्रो शक्तिशाली रहेको पाइएको छ। यो देशको पासपोर्ट वाहकलाई विश्वका १ सय ९१ देशले अन अराइभल भिजा दिन्छन। दक्षिण कोरिया एशिया महादेशकै चौथो ठूलो अर्थतन्त्र भएको मुलुक हो। शक्तिशाली पासपोर्टको रेङ्किङमा जर्मनीसँग कोरिया तेश्रो स्थानमा रहन सफल भएको छ।

विश्वभरीका देशहरुको पासपोर्टको शक्ति मापन गर्दै आएको ‘द हेन्ली पासपोर्ट इण्डेक्स’ ले निकालेको पछिल्लो प्रतिवेदनमा पहिलो स्थानमा जापान र दोश्रो स्थानमा सिङ्गापुर रहेका छन। जापानको पासपोर्ट बाहकले १ सय ९३ देशहरुमा फ्री भिजा पाउने गरेका छन भने सिङ्गापुरको पासपोर्ट हुनेले १ सय ९२ देशमा फ्री भिजा पाउने गरेको पाइएको छ।

हेन्ली पासपोर्ट इन्डेक्सले सार्वजनिक गरेको सूचि अनुसार नेपाल पाचौं स्थान तल झर्दै १०९ औं स्थानमा पुगेको हो। यसअघि नेपाल १०४ औं स्थानमा रहेको थियो। नेपाललाई विश्वका जम्मा ३८ देशले मात्र अनअराइभल भिसा उपलब्ध गर्ने गरेको उल्लेख छ।

शक्तिशाली पासपोर्टमा पहिलो स्थानमा जापान रहेको छ भने दोश्रो स्थानमा सिङ्गापुर छ। तेश्रो स्थानमा दक्षिण कोरियासँगै जर्मनी रहेको छ। चौथो नम्बरमा फिनल्याड, इटाली लग्जमबर्ग र स्पेन रहेका छन् । टप टेनमा युरोपका देशहरु अग्रपंक्तिमा देखिएका छन्। चौथो स्थानमा इटाली, फिनल्याण्ड, स्पेन, लक्जेमवर्ग रहेका छन। यि देशका पासपोर्ट वाहकले १ सय ९० देशमा अन अराईभल भिजा पाउँदछन।

शक्तिशाली पासपोर्टहरुः

  • १.जापान (१९३)
  • २.सिंगापूर(१९२)
  • ३.दक्षिण कोरिया, जर्मनी(१९१)
  • ४.इटाली, फिनल्याण्ड, स्पेन, लक्जेमवर्ग(१९०)
  • ५.डेनमार्क, अस्ट्रिया (१८९)
  • ६.स्वीडेन, फ्रान्स, पोर्चुगल, नेदरल्यण्ड्स, आयरल्याण्ड(१८८)
  • ७.स्वीट्जरल्याण्ड, अमेरिका, बेलायत, बेल्जियम, न्यू जिल्याण्ड(१८७)
  • ८.नर्वे,ग्रीस, माल्टा, चेक रिपब्लिक, (१८६)
  • ९.क्यानाडा अस्ट्रेलिया (१८५)
  • १०.हंगेरी(१८४)

प्रतिकृया दिनुहोस्