Tuesday, June 22

दोश्रो दिनसम्म करिब ८८ प्रतिशत बिक्यो इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ

January 16, 2021 442

नेपाल इन्फ्रास्ट्रकचर बैंक लिमिटेडले हिजो शुक्रबारदेखि सर्वसाधारणको लागि निष्काशन गरेको आइपीओमा आज शनिवारसम्ममा ५ लाख ३६ हजार १८ जनाले आवेदन गरेका छन। आज ४ बजेसम्ममा ६ करोड ७० लाख ६४ हजार ३ सय ९० कित्ताको लागि आवेदन भएको छ जसबाट ८७.७५ प्रतिशत आईपिओ बिक्रि भएको छ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आइपिओ  माघ २ गतेबाट सर्वसाधारणका लागि खुलेको हो।

कम्पनीले रु १०० अङ्कित ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आइपि‍‌ओ जारी गर्न लागेको हो। यो नेपालको इतिहासमै सबैभन्दा ठूलो आइपिओ हो। माघ २ गतेबाट खुलेको यसको आइपिओ चाँडोमा अर्थात सबै कित्ता सेयर विकेमा माघ ६ गते तथा सबै नबिके ढिलोमा माघ १६ गतेसम्म खुल्नेछ।

जम्मा खुलेको ८ करोड कित्ता सेयरमध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता यसै कम्पनीका कर्मचारीहरुका लागि छुट्याएको छ भने ५ प्रतिशतले हुन आउने आउने ४० लाख कित्ता सेयर म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ। कर्मचारी र म्युचुअल फण्डलाई छुट्याएपछि बाँकी हुन आउने ७ करोड ५८ लाख ४० हजार कित्तामा भने सर्वसाधारण नागरिकले आवेदन गर्न सक्नेछन्।

प्रतिकृया दिनुहोस्