Tuesday, July 27

अ’त्याधिक गर्मीका कारण बिध्युत खपत बढेपछि कोरियामा लोडसेडिङ हुन सक्ने

July 17, 2021 383

दक्षिण कोरियामा अहिले अ’त्या’धिक गर्मी बढेपछि बिजुलीको माग बढेको छ। गर्मीका कारण पङ्खा, फ्रिज, एअर कण्डिसनजस्ता चिजहरुको प्रयोग बढेसँगै बिजुली खपत आ’कासिएको हो। खपत उच्च भएसँगै कोरियामा बिजुलीको सन्चिति १० प्रतिशतबाट तल झ’र्न सक्ने आशंका बढेको छ। कोरियामा लोडसेडिङ नहुनका लागि कम्तिमा १० प्रतिशत बिजुली सन्चिती हुनुपर्नेछ। यदि यस्तो सन्चिति १० प्रतिशतबाट तल झ’रेमा जुनसुकै बेला बिजुली आपूर्ति ब’न्द हुन सक्ने बताइन्छ।

अहिलेको यो अवस्थाले सरकारले विस्तारै न्यू’क्लियन उर्जालाई हटाउँदै लैजाने नितीलाई ग’लत सावित गर्दछ। दक्षिण कोरियाको सरकारबाट सन्चालित कोरिया इलेक्ट्रिक पावर कर्पोरेशनका अनुसार यहाँ न्यु’क्लियर प्लान्ट उर्जा परिपूर्ति गर्ने दोश्रो ठूलो श्रोत हो। कोरियामा सबैभन्दा धेरै कोइला प्रयोग गरि बिध्युत उत्पादन गरिन्छ। तर अहिले मर्मत संभार र सु’र’क्षाका कारण एक तिहाइ न्युक्लियर बिध्युत प्लाण्टहरु ब’न्द रहेका छन।

“कोरियाको सरकार आफ्ना न्यु’क्लियर बिध्युत प्लाण्टहरुलाई ह’टाउने कुरामा ति’ब्र रुपमा लागेको पाइन्छ। जसका कारण देशकै समग्र विध्युत आपूर्तिमा अस’न्तुलन पुग्ने स्थिति आउन सक्दछ।” सउल नेशनल युनिभर्सिटीका न्यु’क्लियर इन्जिनियरीङका प्रोफेसर जो हान ग्युले बताएका छन। कोरियाली सरकारले केहि समय अघिमात्र सन्चालनका लागि अनुमति दिएको सिन हानउल नम्बर १ न्यु’क्लियर प्लान्ट सन्चालनमा आउन ढि’लाई भइरहेको छ। यो प्लाण्ट अहिले टेस्टिङ फेजमा छ। अर्को बर्षको मार्च महिनाबाट यो प्लाण्टले ब्यवसायिक रुपमा विध्युत उत्पादन गर्ने कार्यतालिका रहेको बताइन्छ।

उनले भनेका छन सन २०११ पछि पहिलो पटक कोरियामा लो’डसेडिङ गर्नुपर्ने अवस्था आउन लागेको छ। पिक आवरमा सप्लाई लेभलभन्दा माग उ’च्च हुन सक्नेतर्फ उनले संकेत गरेका छन। उनका अनुसार कोरियामा यो हप्ता पिक आवरमा विजुलीको माग अहिलेसम्मकै उ’च्च बिन्दुमा पुगेको थियो। गत सोमबारको पिक समयमा कोरियामा ८५ मिलियन किलोवाट विजुली खपत भएको थियो। त्यसैगरी मंगलबारको पिक समयमा ८७.१ मिलियन किलोवाट तथा मंगलबारको पिक समयमा ८८.९ मिलियन किलोवाट विध्युत खपत भएको थियो।

कोरियामा गत हप्ताको भन्दा यो हप्ता बिध्युतको माग बढेको पाइएको छ। यो हप्ता पिक समयको बिध्युत खपत ७६.२ मिलियन किलोवाट देखि ८१.१ किलोवाटसम्म रह्यो। देशभर तापक्रम ३० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि बिध्युत खपत बढेको हो। यहाँको मौषम विभागले देशभर तातो हावाको प्र’को’प रहने सू’चना यसअघि नै जारी गरिसकेको छ।

प्रतिकृया दिनुहोस्