दक्षिण कोरियामा राम्यन धेरैको मुखमै झुण्डिने खानेकुरा हो। राम्यन कोरियन मात्र हैन धेरै विदेशीहरुले पनि मन पराउने खानेकुरा हो। यो कोरियामा मात्र नभई विदेशमा पनि धेरै ठाउँमा प्रख्यात रहेको छ। कोरिया जाने भन्ने वित्तिकै धेरैले राम्यन खाने सोच अवस्य नै बनाउने गर्दछन। तर अब कोरियाको खानेकुरा बनाउने कम्पनी ‘ओतुगी’ ले शुक्रबार आफ्ना सम्पूर्ण राम्यन उत्पादनमा मूल्य बृध्दि गर्ने घोषणा गरेको छ। कम्पनीले औषतमा आफ्ना उत्पादनहरुमा अर्को महिनाबाट करिब १२ प्रतिशतले मूल्य बढाउने बताएको छ।
कम्पनीका अनुसार राम्यन बनाउन प्रयो हुने सामानहरु जस्तै पिठो, पाल्म तेलका साथसाथै कामदारको लागत पनि बढेका कारण आफ्ना उत्पादनहरुमा मूल्य बृध्दि गर्नुपरेको हो। यो मूल्यबृध्दिसँगै कम्पनीको राम्यनको मूल्या सन २००८ पछि पहिलो पटक बढेको हो। १३ बर्षअघि सन २००८ मा कम्पनीले राम्यनको मूल्य बृध्दि गरेको थियो।
‘ओतुगी’ कम्पनीको कोरियामा प्रचलित छिन राम्यनको मूल्या १२.६ प्रतिशतले बढ्न लागेको छ। अहिले एउटा छिन राम्यनको मूल्य ६ सय ८४ वन पर्दछ। यो करिब ६० सेन्ट हुन आउँदछ। तर अब मूल्य बढेसँगै एउटा छिन राम्यनको मूल्य ७ सय ७० कोरियन वन पुग्दछ। अन्य स्नाक राम्यनको मूल्य भने ११.६ प्रतिशतले बढ्ने कम्पनीले बताएको छ। स्नाक राम्यनको मूल्य ६ सय ६ वनबाट बढेर ६ सय ७६ वन पुग्नेछ।
कम्पनीले गत फेब्रुअरीमै मूल्य बढाउन खोजेता पनि ग्राहकहरुबाट बि’रोध आएपछि आफ्नो योजनाबाट कम्पनी पछि हटेको थियो। यस कम्पनीको युकेजाङ कप राम्यनको मूल्य अब ८ सय ३८ वनबाट ८.७ प्रतिशतले बढेर ९ सय ११ वन पुग्नेछ। ओतुगी कम्पनीले मूल्य बढाएसँगै अन्य राम्यन कम्पनीहरु पनि आफ्ना उत्पादनको मूल्य बढाउने तरखरमा रहेको बताइएको छ। दक्षिण कोरियाकै सबैभन्दा ठूलो स्नाक नुडल्स कम्पनी नोङसिम तथा अर्को ठूलो कम्पनी सामयाङ फुडले सन २०१६ तथा सन २०१७ बाट आफ्ना उत्पादनहरुको मूल्य बढाएका छैनन। (योनहाप)
प्रतिकृया दिनुहोस्