Wednesday, October 27

कोरियामा सुरु भयो तातो हावाको प्र’कोप, यसबाट बच्न सरकारले यस्तो सूचना जारी गर्यो

July 20, 2021 538

दक्षिण कोरियामा अहिले तापक्रम बढ्दो छ। बर्षा मौषमको अ’न्त्य भएसँगै कोरियामा यो हप्ताभर तापक्रम बृध्दि हुने त्यहाँको मौषम विभागले जानकारी दिएको छ। कोरियाको आन्तरिक सु’र’क्षा मन्त्रालयले तापक्रम बढेसँगै अ’त्याधिक गर्मी हुने भन्दै देशभर नागरीकहरुलाई गर्मी बाट सु’रक्षित हुन सू’चना नै निकालेको छ।

केहि लामो समय कोरियाभर तातो हावाको प्र’कोप रहने बताइएको छ। सोमबारबाट यहाँ बर्षायामको अ’न्त्य भएको मानिएको छ। कोरिया मेटेरोलोजिकल एजेन्सीका अनुसार यहाँको सबैजसो शहरमा दिउँसोको तापक्रम ३५ डिग्री सेल्सियस सम्म रहनेछ भने केहि क्षेत्रहरुमा ४० डिग्री सेल्सियसको हाराहारीमा तापक्रम पुग्ने सक्ने अनुमान गरिएको छ।

कोरियाको ठूला शहरहरुमा रातमा समेत उ’च्च गर्मी रहने छ। यस्ता शहरहरुमा रातको न्युनतम तापक्रम २५ डिग्री सेल्सियसभन्दा तल नझर्ने बताइएको छ। विषेश गरी पश्चिमी तथा दक्षिणी सामुन्द्रिक किनारातिरको भुभाग तथा जेजु आइल्याण्डमा रातमा समेत उ’च्च गर्मि रहनेछ।

अहिले कोरियामा तातो हावाको प्र’कोप रहनुको मुख्य कारण यस क्षेत्रमा बन्ने हिट डोम हो। उच्चरी प्यासिफिक तथा तिवेतियन क्षेत्रबाट बहने उच्च हावाको प्रेशरका कारण कोरियन प्रायद्विपमा हिट डोम निर्माण हुनेछ। यसअघि सन २०१८ मा पनि यस क्षेत्रमा हिट डोम निर्माण हुँदा यस्तै गर्मी महशुस गरिएको थियो।

तातो हावाको प्र’कोपबाट बच्नका लागि सरकारले मंगलबार विहान १० बजे तेश्रो लेभलको हिट वेभ वा’र्निङ जारी गरेको छ। यस्तो वा’र्निङ सिष्टममा ४ वटा लेभल रहेका छन। यदि लगातार ३ दिनसम्म देशको ४० प्रतिशत भूभागमा दिनको उ’च्चतम तापक्रम ३३ डिग्री सेल्सियस वा सोभन्दा बढि हुने स्थिति भएमा हिटवेभ को सबैभन्दा उ’च्च लेभल ४ नो’टिस जा’री गरिन्छ।

सरकारले आ’पतका’लिन बैठक आव्हा’न गरी क्षेत्रिय सरकार तथा सरोकारवाला संघसंस्थाहरुको सहभागितामा तातो हावाबाट बच्न विभिन्न किसिमका कार्यक्रमहरु तय गरिसकेको छ। घरवाहिर काम गर्ने कामदारको स्वास्थ’मा पर्न सक्ने अ’सर, अ’त्याधिक गर्मीका कारण विध्युत माग धान्न सक्ने उर्जा आपूर्ति तथा तातोले बालिनाली तथा जीवजनावरमा पर्न सक्ने अ’सर न्यूनिकरण गर्न सरकारले कार्यक्रम तय गरिसकेको छ।

कोरिया भर तापक्रम बढेसँगै एअर कण्डिसनको उ’च्च प्रयोगका कारण विध्युतको खपत अ’त्याधिक बढेको छ। जसका कारण कोरियामा पावर स’र्टैजको स्थिति सि’र्जना हुन सक्ने समेत आँ’कलन गरिएको छ। गत हप्ता कोरियामा दैनिक ८५ मिलियन किलोवाट विध्युत खपत भएको थियो भने यो हप्ता खपत अझ बढ्ने अ’नुमान गरिएको छ। विध्युत खपतलाई सन्तुलनमा राख्न कोरियाको व्यापार, उध्योग तथा उर्जा मन्त्रालयले देशभरका ९ सय ५४ सार्वजनिक संस्थाहरुलाई दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म सकेसम्म कम एअर कण्डिसन प्रयोग गर्न समेत अनुरोध गरेको छ। (Koreatimes)

प्रतिकृया दिनुहोस्