Saturday, November 26

सानिमा बैंकले थप्यो अर्को शाखा, देशभर कति पुग्यो त शाखा संख्या?

January 17, 2021 1054

सानिमा बैंक लिमिटेड (SANIMA) ले आफ्नो ८५ ‌‍औं शाखा ललितपुर जिल्लाको इमाडोल महालक्ष्मीमा खोलेको छ। उक्त शाखाको उद्दघाटन यसै बैंकका ब्राण्ड एम्बेसडोर चर्चित कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य महजोडीले गरेका हुन।

उद्दघाटन समारोहमा बोल्दै सानिमा बैंकका डेप्युटी सिइ‍ओ तेज बहादुर चन्दले बैंकका सबै सेयरधनी र ग्राहकहरुलाई निरन्तर सहयोग र सदभावका लागि धन्यवाद दिँदै आगामी दिनमा अझ बैंकको सेवालाई अझ चुस्त बनाउने प्रतिवध्दता व्यक्त गर्नुभयो। त्यसैगरि महजोडिले पनि बैंकले निरन्तर आकर्षक प्रगति र सफलता प्राप्त गर्दै गएको भन्दै बधाई तथा शुभकामना ब्यक्त गरे।

प्रतिकृया दिनुहोस्