Tuesday, July 27

कामदार लैजान कोरिया सकारात्मक, मन्त्रालयको निर्णय कुर्दै विभाग

July 21, 2021 246

काठमाडौँ । वैदेशिक रोजगारीको आकर्षण रोजगारीको गन्तव्य मानिएको दक्षिण कोरियामा को’रोना म’हामा’रीका कारण नेपाली श्रमिक जान पाएका छैनन् ।यसै बीच दक्षिण कोरियाको मानव संसाधन विभाग (एचआरडी) रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत श्रमिक लैजाने विषयमा सकारात्मक भएको छ ।

कोरियाले नेपाली श्रमिकलाई श’र्त सहित लैजान इच्छुक भएको वैदेशिक रोजगार विभागले बताएको छ । रोकिएका श्रमिकले निश्चित मापदण्डभित्र रहेर नेपाली श्रमिक लैजाने विषयमा एचआरडी सकारात्मक वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले बताउनुभयो ।

इपीएसबाट दक्षिण कोरिया जान सबै प्रक्रिया पूरा गरी बसेका नेपाली श्रमिक एचआरडीले तयार गरेको निश्चित मा’पद’ण्ड पालना गरेर लैजाने विषयमा सकारात्मक देखिएको जानकारी दिनुभयो ।

एचआरडीको पहिलो सर्त डाइरेक्ट उडान हुनुपर्ने , श्रमिकले कोरिया प्रवेश गर्नका लागि कोरियाले तोकिएका स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ विभागले बताएको छ । यसै गरि कोरिया पुगेपछि कोरिया सरकारले तोकेको होटल क्वारेन्टाइनमा १४ दिन अनिवार्य श्रमिक आफनै खर्चमा बस्नुपर्ने पनि स’र्त एचआरडी राखेको छ ।

प्रतिकृया दिनुहोस्