Monday, September 27

कोरियन पानीजहाज निर्माता कम्पनीले पाए अर्को १५ खर्ब ६० अर्ब वन बराबरको अ’र्डर

July 23, 2021 535

दक्षिण कोरियाका पानी जहाज निर्माता कम्पनीहरुले अहिले भटाभट नयाँ नयाँ अ’र्डरहरु पाइरहेका छन। यसैबिच कोरिया सिपबिल्डिङ एण्ड अफसोर इन्जिनियरिङ कम्पनी (KSOE) ले शुक्रबार दिएको जानकारी अनुसार यसले भरखरै करिब १५ खर्ब ६० अर्व कोरियन वन बराबरको ७ वटा ग्याँ’स बोक्ने पानीजहाज निर्माणका लागि अ’र्डर पाएको छ। यो रकम करिब १.४ बिलियन अमेरीकी डलर बराबर हुन आउँदछ।

कोरिया सिपबिल्डिङ एण्ड अफसोर इन्जिनियरिङ कम्पनी (KSOE) कै एउटा युनिट हुण्डाइ हे’भि इण्डष्ट्रिज कम्पनी ले ६ सय ७८ बिलियन वन बराबरको अ’र्डर एउटा एशियन कम्पनीबाट पाएको छ। यो अर्डर कम्पनीले सन २०२४ भित्र पूरा गरी हस्तान्तरण गर्नुपर्नेहुन्छ।

कोरिया सिपबिल्डिङ एण्ड अफसोर इन्जिनियरिङ कम्पनी (KSOE) कै अर्को युनिट हुण्डाई साम्हो हेभि इन्डष्ट्रिज कम्पनीले पनि ४ सय ६२.७ विलियन वन बराबरको अर्को अ’र्डर एक युरोपियन कम्पनीबाट पाएको छ। युरोपियन कम्पनीबाट प्राप्त यो अ’र्डरमा हुण्डाइ साम्होले २ वटा ग्याँस बोक्ने एलएनजी पानीजहाज निर्माण गरि सन २०२४ मार्चको अन्तिमसम्म हस्तान्तरण गरिसक्नु पर्नेछ। हुण्डाई साम्होले अर्को एक लाइबेरियन कम्पनीसँग ४ सय २०.७ बिलियन वन बराबरको ग्याँस बोक्ने पानीजहाज निर्माणको लागि पनि अ’र्डर प्राप्त गर्न सफल भएको छ।

कोरिया सिपबिल्डिङ एण्ड अफसोर इन्जिनियरिङ कम्पनी (KSOE) कोरियामा रहेका प्रख्यात ३ वटा पानीजहाज निर्माण कम्पनीको माउ कम्पनी हो। यस अन्तर्गत हुण्डाई हे’भि इण्डष्ट्रिज, हुण्डाई साम्हो कम्पनी तथा हुण्डाई मिपो डकयार्क कम्पनी रहेका छन। कोरिया सिपबिल्डिङ एण्ड अफसोर इन्जिनियरिङ कम्पनी (KSOE) यस बर्ष अहिलेसम्म १ सय ७६ वटा पानीजहाज निर्माणका लागि अ’र्डर पाइसकेको छ। यो अ’र्डरको मूल्य करिब १६.८ बिलियन अमेरीकी डलर बराबर हुन आउँदछ। (योनहाप)

प्रतिकृया दिनुहोस्