सउल, दक्षिण कोरिया। दक्षिण कोरियामा अहिले तातो हावाको प्रभावका कारण यहाँको तापक्रम बढेको छ। देशभर तातो हावाले जनजी’वन प्र’भावि’त पारेको छ। शनिवार दक्षिण कोरियाको राजधानी सउलको तापक्रम यस सिजनकै सबैभन्दा धे’रै रे’कर्ड गरिएको छ। कोरियाको मौषम विज्ञान विभागले दिएको जानकारी अनुसार सउलमा शनिवारको दिन यो सिजनको अहिले सम्मकै उ’च्च तापक्रम हो।
शनिवार राजधानी सउलको दिउँसोको अधिकतम तापक्रम ३६.५ डिग्री सेल्सियस मापन गरिएको थियो। कोरियाको मौषम विज्ञान बिभागले दिएको जानकारी अनुसार शनिवारको यो तापक्रम यस बर्षकै सबैभन्दा धेरै हो। कोरियाका मौषम विदहरुका अनुसार देशभर अर्को हप्ता समेत तापक्रम उ’च्च रहनेछ। अर्को हप्ता समेत देशका अ’धिकाँस भूभागको दिउँसोको उच्चतम तापक्रम ३३ डिग्री सेल्सियस माथि रहने उनिहरुको भनाइ छ।
देशभर तातो हावाको लहर फैलिएसँगै सरकारले हिट वा’र्निङ नो’टिस समेत जा’री गरिसकेको छ। कोरियाको अधिकाँस शहरहरुमा यस्तो नो’टिस जा’री गरिएको छ। धेरै जसो भू भागमा अहिले दिउँसोको अधि कतम तापक्रम ३५ डिग्री सेल्सियसको हाराहारीमा पुगेको छ। राजधानी सउलबाट १ सय किलोमिटर पूर्वमा पर्ने होङछन शहरमा अधि कतम तापक्रम ३६.९ डिग्री मापन गरिएको छ। (Yonhap)
प्रतिकृया दिनुहोस्