Monday, September 27

सउलबाहिर दोश्रो क’डा सामाजिक दूरीको नि’यम भोलीबाट लागू हुँदै, हेरौं के के गर्न पाइदैन

July 26, 2021 540

सउल/थेजन, दक्षिण कोरिया, जुलाई २५ (योनहाप) — दक्षिण कोरियाले राजधानी सउलभन्दा बाहिरका ठाउँहरुमा यो हप्ता दोश्रो क’डा सामाजिक दूरीको नि’यम लागू गर्ने भएको छ। यहाँका स्वा’स्थ अ’धिकारकर्मीहरुले आइतबार दिएको जानकारी अनुसार राजधानी बाहिर केहि समयदेखि ति’ब्र ग’तिमा को’रोना सं’क्र’मण फै’ल’न थालेपछि त्यसलाई रो’क्न तथा अहिले कोरियामा गर्मी बिदा सुरु भएसँगै सं’क्रम’णको जो’खि’म ब’ढ्न सक्ने कुरालाई मध्येनजर गर्दै यसो गर्न लागिएको हो।

कोरियाका राष्ट्रपति मुन जे इन सम्मिलित सेन्ट्रल डि’जाष्टर एण्ड से’फ्टि काउ’ण्टरमेजर हेडक्वाटरमा भएको मि’टीङले यस्तो घो’षणा गरेको हो। सउलबाहिर दोश्रो क’डा सामाजिक दूरीको नि’यम मंगलबारबाट लगाइनेछ। हिजो मात्र सरकारले राजधानी सउल तथा त्यसको वरपर रहेको ख्यङ्गीदो क्षेत्र र इन्छनको पश्चिमी सामुन्द्रिक किनाराको क्षेत्रमा अगष्ट ८ सम्मका लागि सबैभन्दा क’डा सामाजिक दू’रीको नि’यम अर्थात लेभल ४ लागू गरिसकेको छ।

लेभल ३ सामाजिक दूरीको नि’यम अनुसार ४ जनासम्मको व्यक्तिगत ज’मघ’ट हुन पाइने छ। रेष्टुरेन्ट, क्याफे, तथा बारहरु रातको १० बजेसम्म मात्र खोल्न पाइनेछ। सेन्ट्रल डि’जाष्टर एण्ड से’फ्टि का’उण्टरमेजरका अनुसार कोरियाका ८१ शहर तथा काउण्टिजहरु जसको जनसंख्या १ लाखभन्दा कम छ उनिहरुले लेभल ३ को नि’यम लागू गराउने नगराउने नि’र्णय गर्न सक्नेछन। १ लाखभन्दा कम जनसंख्या भएको ठाउँमा भा’इ’रस फै’लन सक्ने सम्भावना बढि जनसंख्या भएको क्षेत्रमा भन्दा कम हुने भएकाले त्यहाँका स्थानिय सरकारलाई नै यस्तो नि’र्णय गर्ने अ’धिकार दिइएको बताइएको छ।

कोरियाको पूर्वि सामुन्द्रिक शहर खाङरुङ जसले केहि समयअघि लेभल ४ को नियम लागू गरिरहेको थियो अब मंगलबारबाट लेभल ३ मा झार्ने बताइसकेको छ। त्यसैगरी थजन शहरले भने अगष्ट ८ सम्मका लागि लेभल ४ को नियम लगाउने नि’र्णय गरेको छ। त्यसैगरी सउल बाहिरका क्षेत्रहरुका पार्क, समुन्द्र किनारा तथा सार्वजनिक स्थानहरुमा रातको समयमा मा’द’क प’दा’र्थ से’वनमा समेत प्र’ति’ब’न्ध लगाइएको छ। तर कति बजेदेखि कतिबजे सम्म नपाइने हो भन्ने कुरा निर्णय गर्न बाँकी नै छ।

अहिले कोरियाको राजधानी र त्यस वरपरका क्षेत्रमा सबैभन्दा क’डा सामाजिक दूरीका नि’यम लागू भइरहेको छ। लेभल ४ को नियमअनुसार साँझ ६ बजेपछि २ जना भन्दा बढि भेटघाट गर्न पाइदैन। त्यसैगरी कुनै पनि ब्यक्तिगत कार्यक्रमहरु गर्न रो’क लगाइएको छ। रेष्टुरेन्ट तथा क्याफेहरु रातको १० बजेसम्म मात्र खोल्न पाइनेछ। अन्य मनोरन्जनका क्षेत्रहरु सबै ब’न्द गरिएको छ।

प्रतिकृया दिनुहोस्