Monday, September 27

चितवनमा बि’रामी जाँच्ने डाक्टरको पढाई चेक गर्दा ८ कक्षा पास

August 13, 2021 216

चितवनको राप्ती नगरपालिका–१२ स्थित यौरालीटारमा लोथर स्वा’स्थ्य चौकी छ। बि’रामी त्यति नजाने भएकाले सुनसान प्रायः हुन्छ। तर, त्यही स्वा’स्थ्य चौ’कीबाट सय मिटर दूरीमा रहेको मे’डिकलमा जँ’चाउन पा’लो पर्खिनुपर्छ। मे’डिकलमा बिहीबार पनि एक जना व्यक्ति स्टेस्थोस्कोप लिएर बि’रामी जाँ’चिरहेका थिए। उनी भनिरहेका थिए– ‘छाती हल्का ख’राब छ, यो एन्टिबा’योटिक हो। यहाँसम्म पानी हालेर हल्लाएर खुवाउनु ठीक हुन्छ।’

बिरा’मीका आफन्त उनलाई ‘डाक्टर’ ठानिरहेका थिए। तर, उनी त स्वा’स्थ्य चौ’कीकै कार्यालय सहायक कृष्णबहादुर तामाङ पो रहेछन्। बि’रामी र उनीहरूका आफन्त कार्यालय सहायक तामाङलाई डा’क्टर ठानेर आफ्ना स्वा’स्थ्य स’मस्या सुनाइरहेका थिए। तामाङ सेवाग्राहीका कुरा सुन्थे अनि बि’रामी जाँच्थे।

तामाङले बि’रामी जाँ’च्ने मात्रै होइन, औ’षधि पनि दिने रहेछन्। यसबारे उनले भने, ‘पढाइ त ८ कक्षा हो। मैले २०५१ सालदेखि स्वा’स्थ्य चौ’कीमा काम गरेँ। त्यहाँ सरहरूले सिकाएर बि’रामी जाँ’च्न जानेको हुँ। मैले जाँ’चेर धेरैलाई ठीक बनाएको छु।’

स्वा’स्थ्य चौ’कीमा लामो समय काम गरेको आधारमा आफूलाई अनुभव भएको उनले बताए। नि’मोनिया, रु’घाखोकी, ज्व’रोका बि’रामी निको पार्ने गरेको उनको भनाइ छ।

‘रु’घाखोकी, ज्व’रो, नि’मोनिया, प’खालाको उप’चार मैले गर्छु। यो बाहेकका बि’रामीलाई मैले सकिनँ भने सरलाई बोलाउने अनि उहाँहरूले रि’फर गर्दिनुहुन्छ’, उनले भने, ‘हामी पालैपालो आएर चलाउँछौं। अहिले स्वा’स्थ्य चौ’कीमा दुई जना मात्रै भएकाले मलाई पठाउनुभएको हो।’

खासमा उनको काम बिहान स्वा’स्थ्यचौकी खोल्ने, स’रसफाइ गर्ने र पानी भर्ने हो। त्यसपछि अर्को ड्यु’टी रहेछ, मे’डिकलमा गएर बिरा’मी जाँ’च्ने। स्वा’स्थ्य चौ’कीकै कर्मचारीले उनलाई त्यता पठाउँछन्। मे’डिकलमा बिरामी आएको खबर आउनासाथ उनी दौडिहाल्छन्। जँचाउन पुग्नेहरूलाई उनी डा’क्टर हुन् कि पियन भन्ने थाहा हुँदैन। बि’रामीसँग सोधपुछ गरेर अ’नुमानका भरमा औ’षधि दिन्छन्। यो समाचार अन्नपूर्ण पोस्टमा छ।

प्रतिकृया दिनुहोस्