Monday, September 27

जापानको राजधानी टोकियो विश्वकै वस्नयोग्य शहरको चौथो नम्मरमा पर्न सफल

July 26, 2021 508

केहि समय अघिमात्र जापान कामका लागि जान चाहानेहरुको लिष्टमा विश्वकै छैठौं स्थानमा पर्न सफल भएको थियो। त्यसैगरी आफ्नो देश छा’डी बिदेश जान चाहानेहरुका लागि यो देश विश्वमै दोश्रो नम्मरमा रहेको थियो। यि कुराहरुले गर्दा पनि जापानका शहरहरु सन २०२१ को विश्वका बस्न योग्य शहरहरुको लिष्टमा अगाडी आउनु कुनै अ’नौ’ठो कुरा होइन।

द इकोनोमिष्ट नामक प्रख्यात म्यागजिनको बार्षिक ग्लोबल लायभाविलिटी इण्डेक्सका आधारमा टोकियो शहर विश्वका वस्नयोग्य शहरहरुको लिष्टमा चौथो स्थानमा परेको छ। यो म्यागजिनले विश्वका १ सय ४० वटा शहरहरुको अध्यन गरि यस्तो लिष्ट तयार पारेको थियो। जापानको राजधानी टोकियो न्युजिल्याण्डको वेलिङटन सँगै लिष्टको चौथो स्थानमा रहेको छ। टोकियो शहर न्युजिल्याण्डको अकल्याण्ड, जापानकै अर्को शहर ओसाका र अष्ट्रेलियको एडेलेडभन्दा तल रहेको छ।

यो बर्षको रि’पोर्ट मुख्यगरी विश्वका शहरहरुले को’रो’ना म’हामा’रीलाई कसरी ह्या’ण्डल गरे भन्ने कुरालाई प्राथमिकतामा राखिएको छ। त्यसैगरी ति शहरका अन्य विकासका कुराहरु, संस्कृति तथा वातावरण, शिक्षाको स्थिती आदि कुराहरुको अध्यन गरिएको थियो। यो बर्षको फेब्रुअरी २२ देखि मार्च २१ सम्म विश्वका विभिन्न देशका शहरहरुबाट डाटा संकलन गरी लिष्ट तयार पारिएको थियो।

विश्वका वस्नयोग्य शहरको अग्रस्थानमा पर्न सफल जापानका दुई शहरहरु ओसाका र टोकियो स्था’यित्व र स्वा’स्थ सुविधामा अगाडी रहन सफल भए। भौतिक सुविधामा टोकियोभन्दा ओशाका शहर अझ अगाडि रहन सफल भयो। शिक्षा क्षेत्रको रेटिङ भने दुबै शहरको उस्तै रह्यो। संस्कृति तथा वातावर‌णका क्षेत्रमा भने ओशाकाभन्दा टोकियो शहर अगाडी देखियो।

यो बर्ष युरोप तथा उत्तरी अमेरीकाका शहरहरु लिष्टमा तल झ’रेका छन। ति शहरहरुले को’रो’ना रो’कथा’मका लागि उपयुक्त तरिकाहरु अपनाउन नसकेका कारण लिष्टमा तल झरेका हुन। सन २०१८ देखि २०२० सम्म लिष्टको अग्रस्थानमा रहेको भियना शहर यो बर्ष १२ औं स्थानमा झरेको छ।

प्रतिकृया दिनुहोस्