Monday, September 27

मानुषी लघुवित्तको आइपिओ खुल्ने मिति तय, हेरौं कहिले खुल्दैछ?

July 28, 2021 353

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आउँदो साउन २७ गतेबाट आ’वेदन खुला गरिने भएको छ। संस्थाले जारी पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँबराबरको आईपीओ निष्का’सन गर्ने भएको हो। संस्थाले १०० अंकित दरका कुल ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्का’सन गर्नेछ।

जसमा जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने ५ हजार ४६९ कित्ता सेयर कर्मचारीका लागि र सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये ५ प्रतिशतले हुन आउने १९ हजार ६८८ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरमा सर्वसाधारणले आ’वेदन दिन पाउनेछन्।

मानुषी लघुवित्तको आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि आ’वेदन दिन पाउनेछन्। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट अनु’मति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट तथा सीडीएससीबाट निर्माण गरिएको मेरो सेयर अ’नलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आ’वेदन दिन सक्नेछन्। यो आईपीओको नि’ष्कासन ब’न्द छिटोमा साउन ३१ गते र ढिलोमा भदौ ९ गते बैंकिङ समयपछि हुनेछ।

मानुषी लघुवित्तको आईपीओ बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। यो आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत असार ३१ गते निष्का’सनको अ’नुमति दिएको थियो। (ज’नआवाजबाट साभार)

प्रतिकृया दिनुहोस्