Monday, September 27

अर्थमन्त्री र कोरियाली राजदूतबिच भेट, कोरिया जाने वातावरण मिलाईदिन आग्रह

July 29, 2021 252

अर्थमन्त्री जनार्दन शर्माले भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जान नपाएका युवालाई काम गर्ने वातावरण बनाइदिन आग्रह गर्नुभएको छ । बुधबार दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकसँगको भेटमा को’भिड म’हामा’रीका कारण रो’किएको प्रक्रिया चाँडै अघि बढाउन नेपाल सरकारको तर्फबाट हुनुपर्ने काम गरिने प्रतिब’द्धता जनाउँदै कोरियाको तर्फबाट आवश्यक प्रक्रिया अघि बढाइदिन उहाँले आग्रह गर्नुभयो ।
“ईपीएसअन्तर्गत कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेका हजारौँ युवा बे’रोज’गार बसेका छन् । यो स’म’स्या चाँडै समा’धान गरिनेछ भन्ने विश्वास लिएको छु,” उहाँले भन्नुभयो।

राजदूत पार्कले रोकिएको ईपीएसको काम अघि बढाउन आफूले पहल गर्ने प्रतिब’द्धता व्यक्त गर्नुभएको अर्थमन्त्रीको निजी सचिवालयले जनाएको छ। नेपालीको मेहनत र इमानदारीबाट कोरियाली रोजगारदाता खुसी रहेको उहाँले बताउनुभयो। भाषा परीक्षा उत्तीर्ण गरी पालोमा बसेका श्रमिकलाई काममा पठाउने प्र’क्रिया अघि बढाइने उहाँले जानकारी दिनुभयो।

भेटमा अर्थमन्त्री शर्माले कोभिड–१९ वि’रु’द्धको खोप पहिलो प्राथमिकता भएको भन्दै त्यसका लागि कोरियाली जनताका तर्फबाट आवश्यक सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । नेपालको स्वास्थ्य, शिक्षा र प्रविधिको क्षेत्रमा कोरियाले गरिरहेको सहयोगप्रति पनि उहाँले आ’भार प्रकट गर्नुभयो।

कोरियाले नेपालमा स्वास्थ्य, शिक्षा, जलविद्युत्लगायतका क्षेत्रमा लगानीसमेत गर्दै आएको छ । कोरियाको लगानीमा भक्तपुरको ठिमी, नुवाकोट, धनगढी र मुगुमा सुविधासम्पन्न अस्पताल निर्माण गरेको छ भने महोत्तरीको बर्दिबासमा मोडेल पोलिक्लिनिक कलेजको स्थापना हुँदै छ।

राजदूत पार्कले कोरियाली लगानी रहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको काममा भइरहेको ढि’लाइबारे चासो व्यक्त गर्नुभएको थियो । आयोजनामा ढि’लाइ हुँदा लागत बढ्न जानेतर्फ चि’न्ता रहेको उहाँले बताउनुभयो। गोरखापत्र दैनिकबाट

प्रतिकृया दिनुहोस्