चन्द्रागिरी हिल्स लिमिटेडको आइपिओ बाँडफाड यसै साता हुने भएको छ। यस कम्पनीको बिक्री प्रवन्धक रहेको ग्लोबल आइएमइ क्यापिटलले जनाएअनुसार आइपिओ बाँडफाड शुक्रबार सम्म हुनेछ।
चन्द्रागिरी हिल्स लिमिटेड गत पुष २४ गतेदेखि आइपिओ निष्कासन गरेको थियो। कम्पनीले रु १०० अंकित दरका कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपिओ निष्कासन गरेको थियो। यसमा ४ प्रतिशतले हुन आउने ६१ हजार ३ सय ६४ कित्ता सेयर कम्पनीका कर्मचारीहरुलाई ५ प्रतिशतले हुन आउने ७६ हजार ७ सय ५ कित्ता म्युचुअल फण्डहरुलाई छुट्याएर बाँकी रहने १३ लाख ९६ हजार २२ कित्ता सेयर सर्वसाधारणका लागि बाँडफाड हुनेछ।
निष्कासनको अन्तिम दिनसम्म १२ लाख ५१ हजार १० जनाले आइपिओका लागि आवेदन गरेका थिए। जुन मागभन्दा १७.५३ गुणा बढि हो। यो आइपिओमा अहिले सम्मकै सबैभन्दा धेरै आवेदकबाट आवेदन भएको हो।
बिक्री प्रबन्धक ग्लोबल आइएमइ क्यापिटलको डाटाअनुसार १ लाख ३९ हजार ६०२ जनाले गोलाप्रथाबाट १०/१० कित्ता सेयर पाउनेछन् भने करिब ११ लाखको हात खाली हुने निश्चित छ।
प्रतिकृया दिनुहोस्