Monday, September 27

गर्मीमा AC को बिल जोगाउन कोरियन बूढापाकाहरु इन्छन एयरपोर्टमा आउने क्रम बढ्दो

July 30, 2021 545

दक्षिण कोरियामा अहिले एकदमै गर्मी रहेको छ। यहाँको सरकारले देशका विभिन्न शहरहरुमा हिट वेभ नो’टिस नै जारी गरिसकेको छ। गर्मी बढेसँगै देशभर विजुलीको खपत उ’च्च दरमा हुन थालेको छ। बिजुलीको माग धान्न यहाँ ह’म्मे ह’म्मे परिरहेको अवस्था छ। यसैबिच गर्मीमा लगातार एसी चलाउनुपर्ने बा’ध्यताका कारण बिजुलीको बिल धेरै उठ्ने भएपछि इन्छन अन्तराष्ट्रिय एयरपोर्ट नजिकका बूढापाकाहरु भने एअरपोर्ट भित्र आएर बस्ने गरेको पाइएको छ।

एअरपोर्टभित्र एसी चल्ने भएका कारण बाहिरभन्दा धेरै सित्तल छ। यहाँको बिजुलीको बिल पनि आफूले तिर्नु नपर्ने भएपछि बूढापाकाहरु यहाँ जान थालेका हुन। जुलाई २२ तारिख विहान ११:५० बजे करिब १० जना बूढापाकाहरु इन्छन अन्तराष्ट्रिय विमानस्थलको टर्मिनल १ मा उत्रिए। सबैजसो हाइकिङ जाने खालको ड्रेसमा थिए। करिब ८० बर्षजतिका पार्क थरका एक बृ’ध्द पिङ्क कलरको टि सर्ट लगाई पर्पल कलरको छाता ओडेर आइन। उनले भनिन “म यहाँ पहिलो पटक आएको हुँ। मेरो साथिबाट थाहा पाएपछि गर्मी बाट ब’च्न यहाँ आएको हुँ। मैले खो’प लगाइसकेँ। अहिले सिनियर सिटिजन सेन्टर तथा भिलेज सेन्टरहरु ब’न्द भएपछि हामी यहाँ आएका हौं।”

दिउँसो २ बजेतिर करिब १ सय २० जनाजति बूढापाकाहरु इन्छन अन्तराष्ट्रिय विमानस्थलको टर्मिनल १ भित्र आए। उनिहरु सकैसँग ब्रिफकेश तथा ब्याग थिएन। उनिहरु प्लेन चढेर कतै यात्रामा हिडेजस्तो देखिदैन थियो। त्यहाँ रहेको बेन्चमा एक जोडि बूढाबूढि बसेर एक अर्काको हात समातेर बसिरहेका थिए। अर्कोतिर दुईजना बूढी आमाहरु हातमा मिक्स कफी र स्नाक लिएर बसिरहेका देखिन्थे। त्यसैगरी केहि बृ’ध्द बृ’ध्दाहरु आफ्नो जुत्ता खोलेर भुँइमा बसिरहेका पनि देखिन्थे। त्यहिँ भेटिएका एक ८३ बर्षिय को जा योङले भने “एअरपोर्टमा सित्तल छ, आराम गर्न एकदम ठिक ठाउँ छ। यहाँको ट्वाईलेट बाथरुम तथा अन्य सुविधाहरु पनि राम्रो भएकाले म यहाँ आउने गर्दछु।”

को’रोनाको कारण देश बाहिर कतै जान नपाएका बूडा बूढीहरु आजकाल इन्छन अन्तराष्ट्रिय एअरपोर्टमा आउने गरेका छन। बाहिर धेरै गर्मि बढेपछि उनिहरुको बस्ने ठाउँ अहिले एअरपोर्ट बनेको छ। शहरी क्षेत्रमा बसोबास गर्ने बूढाबूढीहरुलाई ट्रेनमा यात्रा गर्दा पैसा नलाग्ने भएकाले उनिहरु ट्रेन चढि त्यहाँ आउँदछन। करिब १० बजेतिर विहान एअरपोर्ट आइपुगेका एक ७५ बर्षियाले भने “यस्तो गर्मीमा दिनभर घरमा एसी चलाएर बस्नुपर्ने हुन्छ। त्यसैले सित्तल ताप्न तथा यहाँ आइरहँदा बनाएका साथिहरु भेट्न आजकाल प्राय म यहाँ आउने गर्दछु।”

प्रतिकृया दिनुहोस्