Monday, September 27

कोरियाको संसदमा जब एक महिलाले बच्चा लिएर गइन, तब कानून नै भयो परिवर्तन

August 1, 2021 438

दक्षिण कोरियाको संसदभित्र एक सदस्यले आफ्ना सानो बच्चा लिएर भित्र गएको भिडियो सार्वजनिक भएपछि कोरियामा आफ्ना स साना बच्चालाई काम गर्दा सँगै लान मिल्ने गरी कानून बन्न लागेको छ। कोरियाको बेसिक इनकम पार्टीकी सदस्य ३१ बर्षिया योङ हे इनले आफ्नो २ महिनाका छोरालाई साथमै लिएर संसद भवनमा गएको फोटो तथा भिडियो सोसियल मिडियामा केहि समय अघि भाइरल भएको थियो। उनले गत जुलाई ५ तारिख आफ्नो सानो छोरालाई साथै लिएर काममा गएकी थिइन।

त्यस दिन उनले पत्रकार सम्मेलन गर्दै संसदका सदस्यहरुलाई कार्यक्रमका बखत आफ्ना साना बच्चा लिएर जान पाउनुपर्ने माग उठाएकी थिइन। स साना बच्चा जसलाई आमाको खाँचो हुन्छ उनिहरुलाई लिएर जान पाउनुपर्ने तर्क उनको थियो। अहिलेको बिध्यमान कानूनमा संसदका सदस्य, प्रधानमन्त्री, स्टेट काउन्सिल मेम्बर तथा सभाका सभाध्यक्षले तोकेका मानिस बाहेक अन्य ब्यक्ति त्यहाँ प्रवेश गर्न पाउँदैनन।

जब उनले बच्चा बोकेको फोटो भाइरल भयो ठुला ठूला न्युजको हेडलाइनमा खबर आयो। मान्छेहरुले फरक फरक मत राखे। कोहि लान पाउनुपर्छ भन्ने पक्षमा थिए भने कतिपय लान पाउनु हुँदैन भन्ने पनि थिए। धेरैजसो भने योङको सपोर्टमा थिए। उनिहरुका अनुसार यो एक महिलाको हक अधिकारको कुरा हो। तर कतिपयला लान दिनु हुँदैन भनेर बखेडा झिकेको कुरा सम्झिदै योङल भनिन “कतिपयले यस कुरामा असहमति जनाउँदा म छक्क परेको छु। मलाई लागेको थियो सबैले यो कुरामा साथ दिनुहुनेछ तर कतिपय यसका विपरित उभिनुभयो।”

आफ्ना स साना बच्चालाई साथै लिएर आउन नदिनु भनेको महिलाहरुलाई राजनितीबाट बन्चित गर्न खोजिनु सरह भएको योङले बताइन। अहिले पनि धेरै जसो बिकसित देशमा आमा आवश्यक पर्ने स साना बच्चाहरु लिएरै काममा जान दिइन्छ। अमेरिका, अष्ट्रेलिया, न्युजिल्याण्ड तथा युरोपियन देशहरुमा संसदभित्र बच्चा लिएर जान पाइन्छ। तर त्यस्ता बच्चा साना जसलाई आफ्नै आमाको हेरचाह आवश्यक पर्दछ उनिहरुमात्र जान पाउँदछन।

प्रतिकृया दिनुहोस्