Thursday, June 24

कतिले भरे आजसम्म इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ? अझै २ दिन बाँकी

January 17, 2021 437

सिडिएस एण्ड क्लियरिङ लिमिटेका अनुसार इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमा माग भन्दा बढी आवेदन परेको छ। आइतबार अर्थात आज सम्ममा  ९ करोड ९४ लाख ६ हजार ७४० कित्ताका लागि आवेदन परेको छ। कुल ८ लाख २ हजार ७०८ जना लगानीकर्ताले ९ अर्ब ९४ करोड ६ लाख ७४ हजार रुपैयाँ बराबरको आवेदन दिएका हुन्। यो आवेदन कुल मागसंख्या भन्दा करिब १.३१ गुणा बढि हो।

इन्फ्राष्ट्रक्चर बैंकले गत शुक्रबार अर्थात माघ २ गते देखि सर्वसाधारणका लागि ७ करोड ५८ लाख ४० हजार कित्ता आइपीओ खुलाएको थियो।

कम्पनीले रु १०० अङ्कित ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आइपि‍‌ओ जारी गर्न लागेको हो। यो नेपालको इतिहासमै सबैभन्दा ठूलो आइपिओ हो। आजबाट खुलेको यसको आइपिओ चाँडोमा अर्थात सबै कित्ता सेयर विकेमा माघ ६ गते तथा सबै नबिके ढिलोमा माघ १६ गतेसम्म खुल्नेछ।

जम्मा खुलेको ८ करोड कित्ता सेयरमध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता यसै कम्पनीका कर्मचारीहरुका लागि छुट्याएको छ भने ५ प्रतिशतले हुन आउने आउने ४० लाख कित्ता सेयर म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ। कर्मचारी र म्युचुअल फण्डलाई छुट्याएपछि बाँकी हुन आउने ७ करोड ५८ लाख ४० हजार कित्तामा भने सर्वसाधारण नागरिकले आवेदन गर्न सक्नेछन।

प्रतिकृया दिनुहोस्