Monday, September 27

कोरिया निरन्तर प्रगतिपथमा, जुलाई महिनामा निर्यात इतिहासकै सबैभन्दा धेरै

August 2, 2021 428

दक्षिण कोरियाको अर्थतन्त्रमा च’मक आइरहेको छ। चालु आर्थिक बर्षको जुलाई महिनामा कोरियाको निर्यात गत बर्षको यसै महिनाको तुलनामा २९.६ प्रतिशतले बृ’ध्दि भई ५५.४ बिलियन अमेरिकी डलर पुगेको छ। यो निर्यात कोरियाको इतिहासमै कुनै एक महिनामा भएको निर्यातमा सबैभन्दा धेरै हो। कोरियाले सन १९५६ देखि मासिक निर्यातको डाटा राख्न सुरु गरेको थियो। आईतबार कोरियाको सरकारले दिएको जानकारी अनुसार जुलाई महिनामा नयाँ रे’कर्ड बनेको हो।

चालु बर्षको पहिलो ७ महिनामा कोरियाको कुल निर्यात ३ सय ५८.७ बिलियन अमेरीकी डलर पुगिसकेको छ। यो पनि अर्को नयाँ रेकर्ड हो। गत १० बर्षयता कोरियाको निर्यात लगातार ४ महिना दोहोरो अङ्कमा बृध्दि भएको रेकर्ड पनि यसपटक बन्न सफल भएको छ। गत अप्रिलमा ४१.२ प्रतिशत, मे महिनामा ४५.६ प्रतिशत, जुन महिनामा ३९.८ प्रतिशत तथा जुलाई महिनामा २९.६ प्रतिशतले कोरियाको निर्यातमा बृ’ध्दि भएको हो।

“जुनदेखि जुलाई महिनामा लगातार २ महिना कोरियाको निर्यातको मुख्य १५ वटा बस्तु तथा सेवामा बृ’ध्दि देखियो। त्यसमध्ये १३ वटामा त दोहोरो अङ्ककै बृध्दि देखियो। त्यसैगरी लगातार ४ महिना कोरियाको मुख्य ९ वटा निर्यात देशहरुमा निर्यात बढेको छ।” व्यापार मन्त्रालय अन्तरगतका एक अधिकारीले जानकारी दिए।

कोरियाका निजी तथा सरकारी ज्ञाताहरु तथा कोरिया इन्ष्टिच्युट एण्ड ट्रेड र बैंक अफ कोरियाका अधिकारीहरुले पनि यस बर्ष कुल निर्यात ६०१.७ बिलियन देखि ६ सय १०.५ बिलियन डलरसम्म रहने प्र’क्षे’पण गरेका थिए। कोरियाले चिप्सको निर्यातमा उ’च्च बृध्दि गर्न सफल भएको छ। चिप्सको निर्यात ३९.५ प्रतिशतले बढेर ११ बिलियन डलर पुगेको छ। जुलाईमा यसको निर्यात १०.४ बिलियन डलरको रहेको थियो।

त्यसैगरी को’रोना रो’कथा’मका लागि आवश्यक पर्ने प्याकेजिङ तथा क्वा’रेन्टीन नि’र्माणमा चाहिने सामा’ग्रीहरुको निर्यातले पनि कोरियालाई ठूलो मदत मिलेको छ। कोरियाको पेट्रोकेमि’कल सामानको निर्यात ५९.५ प्रतिशतले बढेर ४.७ बिलियन डलर पुगेको छ। अटोमोबाईल्सको ब्यापार पनि ४.१ बिलियन डलरको हुन पुगेको छ। अहिले उदाउँदो ब्यापारको रुपमा रहेको रिचार्ज गर्न मिल्ने ब्याट्रीको निर्यात पनि ३१.३ प्रतिशले बढाउन कोरिया सफल भएको छ।

प्रतिकृया दिनुहोस्