Monday, September 27

नेपालीले पनि जितेका थिए ओलम्पिकमा स्वर्ण, पुर्याइएको थियो सगरमाथाको चुचुरोमा

August 3, 2021 457

काठमाडौं । सगरमाथाको देश नेपालले पनि ओलम्पिकमा स्वर्ण जितेको थियो । धेरैलाई थाहा नहुन सक्छ । तर, यो साँ’चो हो।सगरमाथामा हासिल गरेको ब’हादुरीका लागि बेलायती, अस्ट्रेलियन र भारतीयसँगै नेपालीले पनि स्वर्ण जितेका थिए । १९२२ को ब्रिटिस एभरेस्ट पर्वतारोह’ण टिमको नेतृत्व बेलायती सेनाका ब्रिगेडियर ज’नरल चार्ल्स ब्रुस र ले’फ्टिनेन्ट कोलो’नेल इडवार्ड स्ट्रटले गरेका थिए

नेपालमा राणा शा’सन रहेकाले पश्चिमा नागरिकहरूलाई प्र’वेश स’हज थिएन, त्यसैले तिब्बती मोहडाबाट सगरमाथा आ’रोहणको प्रयास गरिएको थियो । यो टोली सगरमाथाको शिखर चुम्नबाट झन्डै ५ सय मिटरले चु’क्यो ।

उनीहरूले तीन पटक प्रयास गरेका थिए । पहिलो प्रयास १९ मेमा क्याम्प थ्रीबाट सुरु भएको थियो । यति बेला ९ जना भरियाहरूसहित चारजना आ’रोही अक्सिजन बिना नै शिखरतर्फ लागेका थिए । जर्ज मालोरे, हवार्ड सोमरभेल र इडवार्ड नोर्टन ८३२५ मिटरमा पुगेर फर्किए, आरोहणतर्फ यो नयाँ विश्व की’र्तिमान थियो । तर शिखर चु’म्ने प्रयत्न सफल भएन ।

दोस्रो प्रयासस्वरुप इन्ग्ले फिन्च, जियोफ्री ब्रुस र बेलायती गोर्खा सैनिक तेजबिर बुढाको टोली भरियाहरूसहित २४ मेमा क्याम्प थ्रीबाट उकालो लागे । तर, यो पनि सफल हुन सकेन । ८३२६ मिटरमा पुगेपछि ब्रुसमा अक्सिजनको स’म’स्या देखियो ।

फिन्चले उनी थ’कित छन् भन्ने पत्तो पाए । यो टोली पनि नयाँ विश्व कीर्तिमान बनाएर फर्कियो । तर सगरमाथाको शिखर पुग्ने धोको अ’धुरै रह्यो । ३ जुनमा तेस्रो प्रयास थालियो, यसक्रममा सगरमाथामा हिमपात हुँदा ७ जना भारतीय भरियाको मृ’त्यु नै भयो । की’र्तिमान बनाउने अभिलाषा दु’खा’न्तमा प’रिणत भयो ।

यस घ’ट’नाको दुई वर्षपछि पेरिस सहरमा ओलम्पिक आयोजना भयो । र, सगरमाथा चढ्न नसके पनि सर्वाधिक धेरै उचाइमा पुगेर की’र्तिमान बनाएबापत अल्पनाईन तर्फको ओलम्पिक स्वर्ण यो टोलीका २१ जनालाई प्रदान गरियो ।

‘हामीले शिखर चु’म्न सकेनौँ । तर कुनै न कुनै दिन ओलम्पिक स्वर्ण सगरमाथाको शिखरमा पुग्नेछ,’ पदक जितेपछि इडवार्ड स्ट्रटले भनेका थिए । ‘हामी यहाँ छौँ । … ८८ वर्ष लाग्यो । हामी विश्वको सर्वो’च्च शिखरमा छौँ र मेडल यहाँ छ,’ अन्तिम ५० मिटर च’ढ्दै गर्दा उ’त्साहित भएर कुलले भनेका थिए ।

ओलम्पिक पदक विजेता २१ जनामध्ये डा. आर्थर वेकफिल्डको पदकलाई कुलले शिखरमा पुर्‍याएका थिए । आर्थरका नाति चार्ल्स वेकफिल्डले शिखरमा पुर्‍याउनका लागि यो पदक उनलाई दिएका थिए ।

अघि नै च’र्चा गर्‍यौँ, यो पदक बेलायत, अस्ट्रेलियन, नेपाली र भारतीयलाई प्रदान गरिएको थियो । अर्थात् ओलम्पिकमा एकभन्दा धेरै देशका व्यक्तिले मिलेर जितेको यो पहिलो र एक्लो पदक हो । यो सामग्री रातोपाटी डटकमबाट सा’भार गरिएको हो ।

 

प्रतिकृया दिनुहोस्