Monday, September 27

फर्स्ट माइक्रोफाइनान्सले कमायो दोश्रो त्रैमाससम्म ६.२८ करोड इपिएस १४.३४ रुपैयाँ

January 18, 2021 568

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाले चालु आर्थिक बर्षको दोश्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ। रिपोर्टअनुसार लघुवित्तको खुद नाफा गत बर्षको दोश्रो त्रैमासको तुलनामा ६.०४ प्रतिशतले घटेको देखिन्छ।फर्स्ट

माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाले चालु आर्थिक बर्षको ६ महिनामा  ६ करोड २८ लाख रुपैयाँ खुद नाफा गरेको छ, गत बर्ष यहि त्रैमाससम्म लघुवित्तले ६ करोड ६९ लाख खुद नाफा गरेको थियो।

कम्पनीको कर्जा सापटी करिब २७ प्रतिशतले बढेर ७ अर्ब १ करोड पुगेको छ जुन गत बर्ष ५ अर्ब ५४ करोड रहेको थियो। कम्पनीको ऋण लगानी पनि १४.१३ प्रतिशतले बढेर ६ अर्ब ६७ करोड पुगेको छ।

लघुवित्तको मुख्य ब्यवसायबाट हुने आम्दानी अर्थात खुद ब्याज आम्दानीमा करिब १० प्रतिशतको बृध्दि देखिन्छ। अघिल्लो आर्थिक बर्षको दोश्रो त्रैमासमा १० करोड ५८ लाख खुद ब्याज आम्दानी गरेको लघुवित्तले यस बर्षको दोश्रो त्रैमाससम्ममा ११ करोड ६३ लाख खुद ब्याज आम्दानी गरेको छ।

कम्पनीको चुक्ता पूँजी ८७ करोड ६८ लाख रहेको छ भने रिजर्भमा करिब २० करोड रहेको छ। रिजर्भ गतबर्षभन्दा ९.५ प्रतिशतले बृध्दि भएको हो।

कम्पनीको बार्षिक प्रतिशेयर आम्दानी १४ रुपैयाँ ३४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ७० पैसा पुगेको छ।

प्रतिकृया दिनुहोस्