टोकियो जापान। ‘मलाई ६० हजार येन तिर्न भनिएको छ। म यत्रो पैसा तिर्न स’क्दिन।’ ‘मलाई २ हप्ताभित्र पेमेन्ट इ’ररका कारण आजसम्म खाएको सबै खानाको पैसा तिर्न इमेल आएको छ।’ यस्तै आसयका धेरै पोष्टहरु जापानको खाना डेलिभरी गर्ने कम्पनी डिमेई क्यानका प्रयोगकर्ताहरुले सामाजिक सन्जालमा गत जुन २० तारिखमा पोष्ट गरे। यस्ता पोष्टहरु आउन थालेपछी थाहा भयो कि यो कम्पनीको पेमेन्ट प्रोसेसिङ सि’स्टममा आएको ख’राबीका कारण गत ३ बर्षदेखि धेरै मानिसहरुले फ्रीमा खाना अ’र्डर गर्दै खाइरहेका रहेछन।
यसरी फ्रिमा खाना खाइरहेका प्रयोगकर्ताहरुलाई कम्पनीले पठाएको सू’चनामा भनिएको छ कि प्रयोगकर्ताले आफ्नो मोबाईल फोनबाट खाना अर्डर गर्दा पेमेन्ट गर्ने एप्सहरु डोकोमो, एयू, सफ्टबैंक आदि प्रयोग गर्ने गर्दथे। यी अप्सनबाट पैसा पेमेन्ट गरेपछी अर्डर गरिएको खाना डेलीभरी हुने गर्दथ्यो तर कम्पनीको सि’स्टममा केहि खरा’बी देखिएको हुनाले प्रयोग कर्ताले खाना डेरिभर भइसकेपछि पनि अ’र्डर क्या’न्सिल गर्न सक्ने र तिरेको पैसा रिफण्ड पाउन सक्ने भएको रहेछ। जसको कारण उनिहरु अ’र्डर गर्दै खाना खाने र पछि क्या’न्सिल गरि पैसा रिफण्ड लिने गरिरहेका रहेछन।
डिमेई क्यानले सन २०१८ को अगष्ट २४ तारिखबाट मोबाई फोनबाट पेमेन्ट लिन सक्ने सुविधा सुरु गरेको थियो। कम्पनीको पेमेन्ट सिस्टममा लगभग अगष्ट सन २०१८ देखि १५ अप्रिल सन २०२१ सम्म ख’राबी देखिएको बुझिएको छ। अब कम्पनीले यो लामो अबधिमा यसरी फ्रीमा क कसले खाना खाए भनेर खोज तलास गर्दै सू’चना पठाउन थालेको छ।
यति लामो समयसम्म पनि सि’स्टममा आएको ख’राबी पत्ता लगाउन कम्पनी किन चु’क्यो भन्ने प्रश्न अहिले उठ्न थालेको छ। कति मानिसले सि’स्टमको ख’राबीको फा’ईदा उठाउँदै फ्रिमा खाना खाए तथा कति पैसा कम्पनीले गु’मायो यसको ले’खाजोखा हुनै बाँकी छ। त्यसैगरी अब फ्रिमा खाना खाएका प्रयोग कर्ताले पैसा तिर्न मा’नेनन भने के हुने भन्ने प्रश्नहरु अहिले उठ्न थालेको छ। यस कुरामा कम्पनिले आफ्नो आधिकारीक धारणा भने सार्वजनिक गर्नै बाँकी रहेको छ। जाँदा जाँदै खुशीको कुरा कम्पनीले अहिले योशिनोभासँग मिलेर मे’डिकल वर्करहरुका लागि ड्रोनबाट खाना डेलिभ’री गर्ने काम गरिरहेको छ।
प्रतिकृया दिनुहोस्