कामना सेवा विकास बैंकले चालु आर्थिक बर्षको दोश्रो त्रैमासिक रिपोर्ट निकालेको छ। दोश्रो त्रैमासमा बैंकले उत्कृष्ट नतिजा निकाल्दै खुद नाफामा १६२.६२ प्रतिशतको बृध्दि गर्न सफल भएको छ।
गत बर्षको यहि अवधिमा १४ करोड ८५ लाख खुदनाफा गरेको बैंकले चालु आर्थिक बर्षको पहिलो ६ महिनामा ३९ करोड खुद नाफा कमाउन सफल भएको छ।
अघिल्लो बर्षको यसै अवधिको तुलनामा बैंकको डिपोजिट १९.६९ प्रतिशतले बढेर ३८ अर्ब १८ करोड पुगेको छ भने ऋण लगानी २०.२६ प्रतिशतले बढेर ३१ अर्ब २० करोड रुपैया पुगेको छ।
बैंकको खुद ब्याज आम्दानी पनि १९.८५ प्रतिशतले बृध्दि भइ ६८ करोड ८० लाख पुगेको छ जुन अघिल्लो आर्थिक बर्षको यसै अवधिमा ५७ करोड ४१ लाख रुपैया थियो।
कामना सेवा विकास बैंकको चुक्ता पूँजी २ अर्ब ५४ करोड छ भने रिजर्भमा ७६ करोड ४२ लाख जम्मा भइसकेको छ।
बैंकको खराब कर्जा भने १.३७ प्रतिशतबाट बढेर १.५९ प्रतिशत पुगेको छ।
दोश्रो त्रैमासमा बैंकको प्रति शेयर आम्दानी ३० रुपैया ७१ पैसा गुगेको छ भने नेटवर्थ १३० रुपैयाँ ९ पैसा रहेको छ।
प्रतिकृया दिनुहोस्