Tuesday, January 25

नेपालले १ बर्षमा ६५ करोडको डाइपर आयात गरेको छ

August 7, 2021 439

२३ साउन, काठमाडौं । गत आर्थिक वर्षमा नेपालले एक अर्ब ६५ करोड रुपैयाँ मूल्य बराबरका डाइपर आयात गरेको छ ।

नवजात शिशु, श’ल्यक्रिया गरेका बिरामी,ज्येष्ठ नागरिक तथा लामो यात्रा गर्नेले मलमूत्र अन्यत्र नजाओस् भन्नाका लागि डाइपरको प्रयोग गर्दछन्।

भन्सार विभागले प्रकाशन गरेको सो आवका प्रतिवेदनमा करिब १० करोड ५५ लाख रूपैयाँ थान डाइपर आयात भएको उल्लेख छ। सोही आवमा नेपालले सबभन्दा धेरै भारतबाट एक अर्ब ५० करोड अर्थात् करिब १० करोड थान डाइपर आयात गरेको थियो। यसपछि भियतनामबाट रु ५० लाखका पाँच लाख २० हजार थान तथा पाकिस्तानबाट रु ३१ लाखका करिव १५ हजार थान आयात भएका प्रतिवेदनमा जनाइएको छ ।

नेपालले अन्य मलेसिया, थाइल्याण्ड, युनाइटेड स्टेट्स (यूएइ) युनाइटेड स्टेट्स, टर्की, थाइल्याण्ड, हङकङ,सिङ्गापुर, र डेनमार्कबाट पनि डाइपर आयात गर्दछ। रासस

प्रतिकृया दिनुहोस्