Wednesday, January 19

सुरु भयो लोडसेडिङ, जुम्लामा बिजुली काटिने (लोडसेडिङ तालिकासहित)

January 18, 2021 804

केहि बर्षदेखि अन्त्य भएको लोडसेडिङ फेरि सुरु भएको छ। आज नेपाल विध्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले लोडसेडिङ तालिका नै सार्वजनिक गरेपछि अहिले सामाजिक सन्जाल तातेको छ।

जुम्ला वितरण केन्द्रले निकालेको लोडसेडिङ तालिकाअनुसार अनुसार जुम्लाका  टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरागाउँ र हस्पिटल क्षेत्रमा दिउँसो १२ बजेदेखि दिउँसो साढे १२ बजेसम्म आधा घन्टा र राति साढे नौ बजेदेखि मध्यरात १२ बजेसम्म लोडसेडिङ हुनेछ।

त्यसैगरि विजयनगर ठूलो, विजयनगर सानो, बोहरागाउँ र बसपार्क क्षेत्रमा मध्याह्न साढे १२ बजेदेखि राति साढे ९ बजेसम्म लोडसेडिङ हुने कुरा तालिकामा उल्लेख छ।

हरेक दिन बिहान २ बजेदेखि ५ बजेसम्म, ८ बजेदेखि १० बजेसम्म र ४ बजेदेखि ६ बजेसम्म पावरहाउस बन्द गर्ने तथा पिक लोडको समयमा वितरण प्रणालीमा पावर अपुग भएमा ग्राहकहरुको लाइनसमेत काटिनसक्ने कुरा नेपाल बिध्युत प्राधिकरण जुम्ला बितरण केन्द्रले जनाएको छ।

प्रतिकृया दिनुहोस्