Monday, September 27

१ सय २० बर्षअघि कोरियामा यसरी गुढ्थे गाडी, मान्छे जुत्ता चप्पल खोलेर पस्थे, बिजुली बत्ति हेर्दा पर्थे चकि’त

August 11, 2021 545

अहिले दक्षिण कोरिया विश्वमै विकसित देशमा गनिन्छ। यहाँको विकास देखेर विश्व नै चकि’त पर्दछ। तर करिब १ सय २० बर्षअघि यहाँको कुराहरु सुन्दा हामी अहिले अचम्मित पर्दछौं। सन १८९९ मा अहिलेको राजधानी सउलमा बिजुलीबाट चल्ने ट्रलिबस चल्दथे। यो समय भनेको दक्षिण कोरियामा ठूलो परिवर्तन भएको समय मानिन्छ। सउलमा स्ट्रिटकार अर्थात ट्रलिबस चलाउने संस्था थियो सउल इलेक्ट्रिक स्ट्रिट रेलरोड। यो संस्थाले त्यसबेला एउटा अ’चम्मको स’मस्या भो’ग्नुपरेको थियो। स’मस्या थियो समयको।

त्यतिबेल बिदेशमा बनेका घडी तथा भित्तेघडीहरु कोरियामा एकदमै महत्वपूर्ण मानिन्थ्यो। यि कुराहरुलाई त्यतिबेला एकदमै महङ्गो गिफ्टका रुपमा दिइने चलन थियो। सन १८८३ मा जापान भ्रमणमा गएका कोरियन अधिकारीहरुले  त्यहाँबाट फर्कदाँ कोरियन राजा रानीका लागि अमेरिकी ब्यापारीबाट सुनको घडी उपहारका रुपमा ल्याइदिएका थिए।

सन १८९२ को कोरिया सम्झँदै एक अमेरीकी भन्छन “त्यसबेला कोरियनहरु कोइलीको आवाज निस्कने भित्तेघडी हेर्न र त्यसको आवाज सुन्न एकद’मै उत्साहित हुन्थे। यो घडीको आवाज सुन्नकै लागि कोरियनहरु पसलभित्र छिर्ने गर्दथे। त्यतिबेला यस्ता घडी चिनियाँ स्टोरहरुले कोरियामा बेच्दथे। उनिहरुले राम्रै नाफा समेत कमाए।”

समय थाहा पाउन त्यतिबेला घडी नहुनेहरुले अन्य कुराहरुको सहारा लिन्थे। त्यतिबेलाका ट्रलिबसहरु समय तालिका अनुसार चल्न सकेनन। समयको सम’स्याका बारेमा त्यतिबेला सउल इलेक्ट्रिक स्ट्रिट रेलरोडका मेनेजर यसरी सम्झन्छन “हामीले ट्रलिबसहरु समय तालिकाअनुसार नै चलाउने भनेर तालिका त बनायौं तर हामीसँग समय हेर्न चाहिने पर्याप्त घडीहरु थिएनन। भएका घडीहरु पनि हाम्रा कर्मचारीहरु हर्नै जान्दैनथे। त्यसैले हामीले रात्रीकालिक कक्षा सन्चालन गरी उनिहरुलाई घडी हेर्न सिकायौं। हाम्रा केहि कर्मचारीले घडी हेर्न सिकेपछि हाम्रा गाडीहरु समय तालिकाअनुसार चल्न थाले।”

त्यसैगरी त्यसबेला गाडी चढ्दा कोरियनहरु आफ्ना जुत्ता चप्पल खोलेर हातमा बोकेर चढ्दथे।  उनिहरु आफ्ना जुत्ता चप्पल गाडीभित्रै राख्दथे तर झर्ने बेला खोज्दा खोज्दै है’रान हुन्थ्यो। कहिले काहिँ जुत्ता चप्पल गाडीबाटै बाटोमा झरिसकेको हुन्थ्यो। कोरियनहरुलाई जुत्ता चप्पल लगाएरै गाडीभित्र बस्न मिल्छ भनेर बुझाउन धेरै समय लागेको थियो।

त्यतिबेला गाडीको अन्तिम स्टेशन रानी मिनको चिहानस्थलबाट पूर्वि गेटसम्मको भाडा ५ सेन्ट रहेको थियो। त्यस स्टेशनमा टिकट का’ट्ने प्रमुख थिए कोरियन नागरिक युन इन सिक। त्यहाँका प्यासेन्जरहरुले यो भाडा बढि भएको भन्दै घटा’उन उनलाई धेरै किचकिच गरे। त्यसपछि युन इन सिकले नयाँ आइडिया लगाए। उनले भाडा बढाएर ६ सेन्ट पुर्याए र १ सेन्ट डिस्काउण्ट दिएको भन्दै उहि पुरानो ५ सेन्ट भाडा लिन्थे। उनको यस्तो चातुर्यता देखेर कम्पनीले उनलाई याङसानको स्टेशनमा बढुवा गरिदियो। उनलाई त्यतिबेलाका अमेरिकन हाकिमहरुले अङ्गेजी नाम राख्न समेत सुझाव दिए। त्यसपछि उनले सबै डकुमेन्टहरुमा “A. N. John” भनेर साईन गर्न थाले। केहि महिनापछि उनको हाकिमले सोधे यो “A. N.” को अर्थ केहो भनेर। उनले जवाफ दिए “American Name”.

त्यतिबेलाका यि गाडीहरु बिजुलीबाट चल्थे भने बाटोमा रेलको जस्तो ट्राक बनाइएको हुन्थ्यो। त्यतिबेलाका कोरियनहरु भन्ने गर्दथे कि शहरको जमिन मुनि बस्ने ड्रा’गनको निन्द्रा गाडीको आवाजले डि’स्टर्ब हुन्छ जसले गर्दा पानी पर्दैन र खडे’री पर्छ। केहि कोरियनहरुको विस्वास थियो कि बिजुलीले बादलबाट पानी तान्छ जसले बादल सुख्खा बन्छ र पानी पर्दैन।

पूर्वि गेट नजिकै यि गाडीहरु चल्न आवश्यक पर्ने विजुली उत्पादन गर्ने प्ला’न्ट थियो। एकदिन त्यहाँ खाङरुङदेखि एक बृ’ध्द आए। त्यहाँ प्लान्टमा मोरिस नामका अमेरिकन काम गर्दथे। ति बृध्दले उनलाई भने सउल घुमेर जानेहरुले गाउँमा बिजुलीका बारेमा अ’चम्मका कुराहरु गरेकाले पत्याउन नस’कि उनि आफै त्यो कुरा हेर्न आएको। बाटोमा रहेका पोलहरुबाट डोरी तानेर घरमा लगेर बिना सलाई बिना आगो बत्ति कसरी बल्छ, आफ्नै आँखाले हेर्न आफू आएको ति बृ’ध्दले बताए। मोरिसले ति मानिसलाई यसरी बिजुली निस्कन्छ यसरी बत्ति बल्छ भनेर सबै कुरा देखाए। ति मानिस खुशी भए र आफूले गाउँमा बिजुली बत्तिका बारेमा सुनेको कुरा साँचो रहेछ भने। उनले फर्कने बेला मोरिसलाई भने कि यो कुरा म गाउँमा गएर कसैलाई भन्दिन किनभने उनिहरुले यस्तो कुरा पनि हुन्छ भनेर पत्या’उँदैनन र मलाई झु’टो कुरा गरेको आरो’प लगाउनेछन।

Photo: Robert Neff Collection

 

प्रतिकृया दिनुहोस्