January 18, 2021 1048
सिडिएस एण्ड क्लियरिङ लिमिटेका अनुसार इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमा माग भन्दा बढी आवेदन परेको छ। सोमबार अर्थात आज सम्ममा १३ करोड ९९ लाख ७२ हजार ७९० कित्ताका लागि आवेदन परेको छ। कुल ११ लाख ६३ हजार ०८० जना लगानीकर्ताले १३ अर्ब ९९ करोड ७२ लाख ७९ हजार रुपैयाँ बराबरको आवेदन दिएका हुन्। यो संख्यालाई हेर्ने हो भने हरेकले ६० कित्ता पाउने आँकलन गर्न सकिन्छ।
इन्फ्राष्ट्रक्चर बैंकले गत शुक्रबार अर्थात माघ २ गते देखि सर्वसाधारणका लागि ७ करोड ५८ लाख ४० हजार कित्ता आइपीओ खुलाएको थियो।
कम्पनीले रु १०० अङ्कित ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आइपिओ जारी गर्न लागेको हो। यो नेपालको इतिहासमै सबैभन्दा ठूलो आइपिओ हो। आजबाट खुलेको यसको आइपिओ चाँडोमा अर्थात सबै कित्ता सेयर विकेमा माघ ६ गते तथा सबै नबिके ढिलोमा माघ १६ गतेसम्म खुल्नेछ।
जम्मा खुलेको ८ करोड कित्ता सेयरमध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता यसै कम्पनीका कर्मचारीहरुका लागि छुट्याएको छ भने ५ प्रतिशतले हुन आउने आउने ४० लाख कित्ता सेयर म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ। कर्मचारी र म्युचुअल फण्डलाई छुट्याएपछि बाँकी हुन आउने ७ करोड ५८ लाख ४० हजार कित्तामा भने सर्वसाधारण नागरिकले आवेदन गर्न सक्नेछन।
प्रतिकृया दिनुहोस्