Monday, September 27

कोरियामा दूधको मूल्य बढ्न सक्ने, सर्वसाधारण चि’न्तित

August 12, 2021 295

दक्षिण कोरियामा दूधको मूल्य बृध्दि हुने संकेत मिलेपछि आम सर्वसाधारणहरु चिन्तित भएका छन। कच्चा दूधको मूल्य बढेसँगै खुद्रामा दूधको मूल्य बढ्न लागेको हो। तर सरकारले खुद्रामा दूधको मूल्य केहि समयपछि मात्रै बढाउने तरखर गरिरहेको बताइएको छ। मुद्रास्फिति बढेको भन्दै सरकारले यो बर्षको अन्तिमतिर खुद्रा दूधको मूल्य बृध्दि गर्न लागेको जानकारी दिएको छ।

गत बर्षको जुलाईमा नै कोरिया डेरी कमिटीले कच्चा दूधको मूल्य बढाउने निर्णय गरेको थियो। कोरिया डेरी कमिटीले यो महिनाबाट कच्चा दूधमा प्रतिलिटर २१ वन बढाएर ९ सय ४७ वन पुर्याउने निर्णय भने गत बर्षनै गरेको थियो। कच्चा दूधको मूल्य बढेता पनि अहिलेसम्म खुद्रा दूधको मूल्य भने बढाइसकिएको छैन। यो महिनाको अन्तितिर नभइ आम सर्वसाधारणले मूल्य के कति बढ्ने हो थाहा पाउने छैनन।

कोरियामा केहि समयअघि मात्रै ससेस तथा राम्यनहरुको मूल्य बढेको थियो। “हामी खुद्रा दूधको मूल्य बढाउने नि’र्णयलाई केहि ढि’लाई गर्दै यो बर्षको अन्तिमतिर पुर्याउने यो’जनामा छौं।” कोरियाको कृषि तथा खाध्यान्न मन्त्रालयका एक अधिकारीले बताएका छन। मूल्य बढाउनका लागि डेरी उत्पादन कम्पनीहरुलाई निरन्तर प्रे’सर आएता पनि उनिहरुले मूल्य बृध्दिका लागि अहिले सम्म कुनै पनि प्रपोजल स्विकार गरिसकेका छैनन।

दूधको मूल्य बढेमा यसको असर डेरीजन्य खानेकुराहरु तथा कफिको मूल्यमा अ’सर पर्नेछ। सरकारले अहिले मूल्यबृ’ध्दिलाई रो’क्न लागिराखेको कदमलाई यसले झन अ’सर पार्नेछ। कोरियामा गत बर्षको तुलनामा ग्रोसरीजन्य पदार्थ तथा नन अ’ल्कोहलिक पे’य प’दार्थहरुमा करिब ७.३ प्रतिशतको मूल्य बृध्दि भइसकेको छ।

प्रतिकृया दिनुहोस्