दक्षिण कोरियमा रहेका बिदेशी नागरिकहरुका लागि खुशिको खबर छ। अब कोरियामा बसोबास गर्ने सबै विदेशी नागरिकले कोरियन नागरिक सरह निशुल्क कोरोनाको खोप लगाउन पाउने भएका छन। हिजो सोमबार त्यहाँको सरकारले आफ्ना नागरिक सरह निशुल्क खोप सबै बिदेशी नागरिकहरुलाई दिने कुरा बताएको छ।
कोरिया रोग नियन्त्रण एजेन्सीका प्रमुख जुन युन ख्योङले भनेका छन् “यहाँ रहने विदेशी सहित सबैलाई निशुल्क कोरोना खोप लगाइनेछ। ”
दक्षिण कोरियामा कोरोना खोप लगाउन सुरु भैसकेको छैन यध्यपी फेब्रुअरी को अन्तिम वा मार्चको सुरुबाटै बृहत खोप अभियान सुरु गर्ने तयारी गरिसकेको छ।
कोरियामा स्वास्थ बीमा भएकालेमात्र निशुल्क खोप पाउने हुन वा बीमा नभएका र अबैधानिक रुपमा बसोबास गरिरहेकाले पनि निशुल्क खोप पाउने हुन भन्ने कुरामा भने त्यहाँको सरकारले प्रष्ट भनेको छैन।
अहिले नयाँ प्रजातिको कोरोना भाइरस कोरियामा पनि देखिन थालेपछि देश भित्रिनेहरुबाट अनिवार्य पिसिआर नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने नियम कोरियाले लागु गरेको छ। गत हप्ता करिब ३० प्रतिशत कोरोना संक्रमित बिदेशबाट भित्रिएको देखिएको थियो।
प्रतिकृया दिनुहोस्