सउल, दक्षिण कोरिया — दक्षिण कोरियाको स्पे’श काउन्सिलले गत बिहिवार कोरियाले आफैंले बनाईरहेको रकेट लन्चका लागि अनुमति दिएको छ। यो र’केट आउँदो अक्टोबर २१ तारिख लन्च गरिने योजना बनाइएको छ। तर प्रक्षे’पणको अन्तिम मिति भने त्यसबेलाको मौषम तथा अन्य कुराहरुले गर्दा केहि फर’क भने पर्ने सक्ने विज्ञान मन्त्रालयले जनाएको छ। देशकै स्पेश डेभलपमेन्टमा एउटा कोशेढुङ्गाको रुपमा यस रकेटको प्र’क्षेपणलाई लिइएको छ।
कोरियाको बिज्ञा’न तथा आइसिटी मन्त्रालयका अनुसार रकेटको निर्माण कार्य समय तालिका अनुसारै भइरहेकाले प्र’क्षेपण पनि पूर्व निर्धारित समयमा नै हुने बताएको छ। यस रकेटको नाम नुरी राखिएको छ। अहिले रकेट निर्माण अ’न्तिम चरणमा पुगिसकेको छ। यो रकेट ३ छुट्टाछुट्टै स्टेजमा निर्माण गरिएको थियो। आउँदो महिना यसको रि’हर्सल गरिने कार्यक्रम तय गरिएको छ। रिहर्सलको नतिजाको आधारमा फाइनल लन्च गरिने मिति निर्धार’ण गरिने भएको छ।
कोरियाले र’केट निर्माणको क्षेत्रमा करिब १ दशकदेखि नै निरन्तर लगानी गरिरहेको छ। कोरियाले यो प्रो’जेक्टका लागि सन २०१० देखि यता करिब २ ट्रिलियन वन अर्थात १.८ बिलियन डलर ख’र्च गरिसकेको छ। यो बर्षको जुन महिनामा कोरियाले यस रकेटको टेष्ट मोडेल अ’नावरण गरेको थियो। यो रकेटको कुल तौल २ सय टन रहेको छ। अक्टोबरमा हुने लन्चमा यसमा १.५ टन लोड राखेर उ’डाइनेछ।
अक्टोबरमा उड्ने’ रकेट ३ छुट्टाछुट्टै स्टेजमा निर्माण गरिएको हो। पहिलो स्टेजमा ७५ टनको लिक्विड इन्जिन प्रयोग गरि बनाइएको छ भने दोश्रो इन्जिन पनि ७५ टनकै छ। तेश्रो इन्जिन भने ७ टनको लिक्विड प्रयोग भएको छ। कोरियाले सन २०१३ मा पहिलो पटक सफलतापूर्वक नारो नामक स्पेश रकेट ल’न्च गरेको थियो। तर यस रकेटको पहिलो स्टेज रसियामा निर्माण गरिएको थियो।
प्रतिकृया दिनुहोस्