Monday, September 27

सामसङले अब गाडीको ब्यापार नगर्ने, रेनाल्टसँगको सहकार्य ब’न्द गर्ने तरखरमा

August 25, 2021 246

सामसङ इलेक्ट्रोनिक्सका भाइस चेयरमेन लि जे योङ जे’लबाट छुटेको केहि दिनपछि नै सामसङले २६ बर्षदेखि रेनाल्ट कम्पनीसँगको सहकार्य अ’न्त्य गर्ने बताएको छ। सामसङले विगत २६ बर्षदेखि रेनाल्टसँगको सहकार्यमा सामसङ रेनाल्ट ब्राण्डका गाडीहरु उत्पादन गर्दै आइरहेको थियो।

कोरिया एक्सचेन्जमा बिहिबार आफ्नो रेगुलेटरी फा’इलिङ बुझाउँदै सामसङ ग्रुप अन्तगर्गतको सामसङ कार्डले रेनाल्ट सामसङ मोटर कम्पनीमा रहेको आफ्नो सम्पूर्ण स्वामित्व बे’च्ने प्रकृयामा आफूहरु रहेको जानकारी दिएको छ। “सामसङ रेनाल्ट मोटर कम्पनीमा रहेको आफ्नो १९.९ प्रतिशत स्वामित्व कम्पनीले बेच्न लागेको हो। तर कसलाई र कति मूल्यमा कसरी बेच्ने भन्ने कुरा टुङ्गो लाग्न बाँकी नै रहेको छ।” कम्पनीले आफ्नो फा’इलिङमा भनेको छ।

सामसङ रेनाल्ट मोटर कम्पनीमा सामसङ कार्ड दोश्रो ठूलो सेयरहोल्डर हो। यो कम्पनी सामसङ र रेनाल्ट ग्रुपबिचको जोइन्ट भेन्चर कम्पनी हो। कोरिया एक्सचेन्जमा सामसङ कार्डको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ०.१५ प्रतिशतले घटेर ३३ हजार ९ सय वनमा का’रोबार भएको छ। कोरियाका स्थानिय इन्भेष्टमेन्ट बैंकिङहरुका अनुसार सामसङ कार्डले आफ्नो सेयर बेच्नका लागि प्राइभेट इक्विटी फण्डहरुलाई पत्र पठाईसकेको छ।

सामसङ कार्डले रेनाल्टसँग ट्रेडमार्क रिन्यू नगर्ने गरेको नि’र्णय सँगै धेरैले अब यसबाट सामसङ कम्पनी नि’ष्कन खोजेको अनुमान पहिले नै लगाइसकेका थिए। यस्तो स’म्झौता गत बर्ष नै स’माप्त भइसकेको थियो। स’म्झौता सकिएसँगै अब कम्पनी सामसङ रेनाल्टबाट सामसङ भन्ने शब्द ह’टाउनुपर्ने हुन्छ। रेनाल्ट ग्रुपले बर्षेनि ४० देखि ५० बिलियन वन सामसङलाई तिर्दै आइरहेको थियो। रेनाल्ट सामसङ कम्पनी अहिले राम्रो अ’वस्थामा छैन। कम्पनीले गत बर्ष विगत ८ बर्षमा पहिलो पटक ७९.६ बिलियन वनको घा’टा ब्यहोर्नुपरेको थियो।

प्रतिकृया दिनुहोस्