January 19, 2021 1051
अहिले सम्मकै सबैभन्दा ठूलो नेपाल इन्फ्रास्टक्चर बैंकको आईपिओमा १५ लाख भन्दा धेरै आवेदकको आवेदन परेको छ।
गत माघ २ गते शुक्रबारबाट खुलेेेको साधारण सेयरको प्राथमिक निष्कासनमा कम्पनीले माग गरेको भन्दा झन्डै साढे दुई गुणा बढी सेयरका लागि आवेदन परिसकेको छ।
करिब १८ अर्ब रुपैयाँ बराबरको सेयरका लागि आवेदन परेको छ । यो कुनैपनि कम्पनीको आईपीओका लागि परेको सबैभन्दा ठूलो रकमको आवेदन हो ।
कम्पनीले प्राविधिक समस्याका कारण आवेदन दिने समय १ घन्टा थप गरेको थियो । प्रारम्भिक आँकडा यति १५ लाख आए पनि अन्तिम आवेदक बढ्न सक्ने प्रबन्धकको भनाई छ।यो प्रारम्भिक आँकडा हेर्दा ५० कित्ता वा सो भन्दा बढि भर्नेले न्युनतम ५० कित्ताा पर्ने देखिन्छ। प्रारम्भिक आंकडा भएकाले केहि थपघट भने हुन सक्नेेछ।
प्रतिकृया दिनुहोस्