‘द वर्गर हाउस एण्ड क्रञ्चि फ्राईड चिकन’ को आउटलेट सिन्धुलीमा सञ्चालनमा आएको छ । हास्यव्यं’ग्य कलाकार दिनेश काफ्ले आउ’टलेट सिन्धुलीमा भि’त्र्याएका हुन । ‘द वर्गर हाउस एण्ड क्रञ्चि फ्राईड चिकन’को सुरुवात एक वर्ष अघिदेखि सुरु भएको भए पनि को’रोनाको कारण भर्खरै सञ्चालनमा आएको हो। युवा पुस्तामा एकदमै लोकप्रि’य रहेको ‘द वर्गर हाउस एण्ड क्रञ्चि फ्राईड चिकन’ एउटा राष्ट्रिय ब्रान्ड हो । काफ्लेले १२ लाख रुपैयाँमा आउटलेट किनेर सिन्धुलीमा भि’त्र्याएका हुन । सिन्धुलीको कमलामाई नगरपालिका ६ रातमाटामा उक्त हाउस सञ्चालनमा छ ।
‘हाम्रो लक्षित वर्ग युवा हुन्’, उनले भने, ब्राण्ड कन्सियस र गुणस्तरिय सेवा प्रदान गर्न पनि खोलेका हौं ।’ यती ठूलो लगानीको यो किसिमको सुविधा सम्पन्न र पारिवारिक ज’मघ’ट गर्न सकिने सिन्धुलीको पहिलो फा’ष्टफुड हो । वर्गर हाउसमा क्रञ्चि वर्गर, कफी, फाष्टफुडसहित अ’र्डर अनुसारका परिकार पाईनेछ । एकपटकमा १२५ जनासम्मलाई सेवा दिने यस हाउसमा आकर्षक इ’न्टेरियर, सभाहल एवम् रेष्टुरेण्ट एण्ड बा’र रहेको छ । डेढ करोड रुपैयाँको लगानीमा निर्माण सम्पन्न उक्त हाउसमा हाल २० जनाले प्रत्यक्ष रोजगारी पाएको सञ्चालक काफ्लेले बताए । काफ्लेले टिपिकल नेपाली खाना पाईने आफ्नै ‘नामको मधुवन नेपाली चुलो’ पनि सञ्चालन गरेका छन् ।
‘द वर्गर हाउस एण्ट क्र’ञ्चि फ्राईड चिकन’ मा फा’ष्टफुडका आ’ईटम पाईन्छ । यस्तै नेपाली चुलोमा टि’पिकल नेपाली खानाका परिकारहरु पाईने उनले जानकारी दिए । विषेशगरि सिन्धुलीमा उत्पादित कृषि उपजहरुलाई प्राथमिकतामा राखिएको उनले बताए । मार्सी चामलको भात, ढिंडो, लोकल कुखुराको मासु लगायत सिन्धुलीमा उत्पादित स्थानीयस्तरका उत्पादनलाई चुलोमा पकाईने र ग्राहकलाई लोकल परिकारको स्वाद चखाउने उदेश्यले नेपाली चुलो पनि सञ्चालनमा ल्याएको काफ्लेले बताए । एक हप्तादेखि सञ्चालनमा आएको बर्गर हाउसको विधिवत् रुपमा भने नेपालीहरुको पर्व तीजको अवसरमा गरिने सञ्चालक काफ्लेले जानकारी दिए ।
‘महिलाहरुको विशेष पर्व तीजको अवसर पारेर उट्घाटनको तयारी गरेका छौं’, उनले भने ‘उद्घाटन नगर्दै पनि ग्राहकको चा’प ब’ढिरहेको छ । उद्घाटन पश्चात अझ बढ्ने विश्वास छ ।’ युवा पुस्तादेखि पाका पुस्तासम्मका लागि उनीहरुको रोजाईका परिकार पाईने भएकाले पनि ग्राहकको आकर्षण बढ्ने अ’नुमान काफ्लेको छ । २०६८ सालदेखि कलाकारितामा लागेका सिन्धुली भिमानका काफ्ने हास्यव्यंग्य विधामार्फत परिचित भएका छन् । छोटो समयमा आफुलाई कलाकारितामा स्थापित गरेका उनले कलाकारिता मात्र गरेर आफ्नो भविष्य नरहेको बुझे । कलाकारितासँगै केही गर्नुपर्छ भनेर उनले केही बर्षअघिदेखि सिन्धुलीको भिमानमा आफनै जग्गामा कलाकार कृषि तथा पशुपंक्षी फार्म सञ्चालनमा ल्याए ।
डेढ लाख लगानीमा स्थापना गरेको फार्ममा उनले अहिले ५ लाख रुपैयाँ पुर्याई सकेका छन् । अहिले कमलामाई नगरपालिकाको कृषि टनेल सहयोगबाट ५ लाख रुपैयाँ अनुदान लिएर उनले खेती गरिरहेका छन् । अहिले फर्म टमाटर, सागसब्जीलगायत छ । लोकल कुखुरा पनि रहेको उनले जानकारी दिए । व्यवसाय नै गर्ने भएपछि व्यवसायिक रुपमा गर्नुपर्छ भन्ने सोच आएर उनले बर्गर हाउस भि’त्र्याएका हुन । ‘कलाकारिता भनेको क्ष’णिक हो, आफुले गर्न सक्दा मात्र हुन्छ, यसको कुनै भविष्य छैन’, उनले भने, ‘राज्यले पनि कलाकारितालाई उ’पेक्षा गरेको छ । पैसा कमाउन सकिन्छ तर दि’र्घकालिन हुँदैन, कमाएका बेलामा बचायो भने भयो नत्र सकियो, कलाकारिताबाट मात्रै बाँच्न गा’ह्रो छ ।’ आम्दानीको नियमित आधार बनाउनको लागि केहि न केहि गर्नुपर्छ भन्ने लागेर व्यवसायमा लागेको उनको भनाई छ ।
प्रतिकृया दिनुहोस्