Saturday, September 25

आउने भयो सिटिजन लाइफ इन्स्योरेन्सको आइपिओ

January 20, 2021 665

सिटिजन लाइफ इन्स्याेरेन्स कम्पनि लिमिटेडले आइपिओ निष्काशनको तयारी गरेको छ। कम्पनीको यहि फागुन २ गते आम्रापाली व्याङ्कवेट, नक्साल काठमाडौँमा बस्ने तेश्रो वार्षिक साधारणसभाले साधारण शेयर अर्थात आइपिओ जारी गर्ने प्रस्ताव पारित गर्दैछ।

इक्रा नेपालले सिटीजन लाइफले निष्काशन गर्न लागेको आइपिओलाई BBB को रेटिङ प्रदान गरेको हो जसले मध्यम खालको क्रेडिट जोखिम रहेको इङ्कित गर्दछ।

सिटिजन लाइफ इन्स्योरेन्सले ७५ करोड बराबरको ७५ लाख कित्ताको आइपिओ निष्काशन गर्न लागेको हो। कम्पनीको बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्दैछ।

 

प्रतिकृया दिनुहोस्