आउँदो सेप्टेम्बर १ तारिखबाट दक्षिण कोरियाले केहि देशहरुको भिजा खुकुलो पार्ने भएको छ। कोरियाले युरोपियन युनियन तथा सानजेन देशहरुबाट आउने तथा कोरियाबाट यि देशहरुमा जाने नागरिकहरुलाई भिजामा लचिलो बनाउने भएको हो। यि देशहरुमा सेप्टेम्बर १ बाटै यो नि’यम लागू हुने बताइएको छ।
जर्मनीमा रहेको दक्षिण कोरियाको राजदूतावासले बिहिबार दिएको जानकारी अनुसार को’रो’नाका का’रण भिजामा गरिएको क’डा’ई तथा रो’क अब सेप्टेम्बर १ तारिखबाट ह’टाउन लागिएको हो। युरोपियन युनियन तथा सानजेन देशहरुमा कोरियाले सन २०२० को अप्रिल १३ बाटै भिजामा क’डा’ई गरेको थियो।
सेप्टेम्बर १ बाट नयाँ नि’यम ला’गू भएसँगै कोरियाको पासपोर्ट भएकाहरुले सानजेन देशहरु तथा युरोपियन युनियनका देशहरुमा ९० दिनको भिजिट भिजा तुरु’न्तै पाउनेछन। यसका साथै युरोपियन युनियन र सानजेन देशका पासपोर्ट भएका नागरिकले समेत दक्षिण कोरिया आउन स’हजै पाउने भएका हुन।
युरोपियन युनियन अन्तर्गतको फ्रान्सले यसअघि नै सन २०२० जुलाई ३ तारिखबाट नै दक्षिण कोरियाका नागरिकलाई आफ्नो देश भ्रमण गर्न भिजामा कुनै रो’काव’ट नहुने नि’र्णय गरिसकेको थियो भने जर्मनीले पनि सन २०२१ को जनवरी १ बाट यो सुविधा कोरियन नागरिकहरुलाई दिएको थियो। अहिले युरोपियन युनियन अन्तर्गतका देशहरु तथा नर्वे आइसल्याण्ड जस्ता देशका नागरिकहरुले ९० दिनको भिजा तुरु’न्तै कोरियाका लागि पाउनेछन। तर अहिले पनि उनिहरुले १४ दिन भने क्वा’रेन्टि’नमा बस्नुपर्नेछ।
प्रतिकृया दिनुहोस्