Monday, September 27

४० कटेपछि बच्चा जन्माउने कोरियन पुरुषहरु बढ्दो

August 31, 2021 237

दक्षिण कोरियामा अहिले उमेर ढल्किँदै गएपछि आमाबुबा बन्ने प्रचलन बढ्दै गएको तथ्याङ्कले देखाएको छ। कोरियाको तथ्याङ्क विभागले दिएको जानकारी अनुसार कोरियामा गत बर्ष बुबा बनेका हरेक ६ जनामध्ये १ जना ४० बर्ष माथिका रहेका छन। गत बर्ष ४० कटेपछी बुबा बन्नेहरुको कुल संख्या ४५ हजार ९ सय ७४ रहेको थियो। गत बर्ष २ लाख ६९ हजार ५ सय ८४ जना पुरुष बुबा बनेकामा ४० कटेकाहरुको संख्या करिब १७.१ प्रतिशत रहेको थियो।

तथ्याङ्कमा २ हजार ७ सय ५३ जना बच्चाको बुबाको बारेमा जानकारी उपलब्ध थिएन। उनिहरुको जन्मदर्तामा बुबाको बारेमा जानकारी नभएको भेटिएको थियो। सन १९९३ मा जव यस सम्बन्धि तथ्याङ्क राख्न सुरु गरियो त्यसबेला कुल संख्याको मात्र २.१ प्रतिशत बुबाहरु ४० बर्ष माथिका थिए। उनिहरुको संख्या सन २०१२ मा आइपुग्दा १० प्रतिशत भन्दा माथि पुग्न सुरु भएको थियो। ढिला बच्चा जन्माउने धेरै कारणहरु हुन सक्दछन। अहिलेको मेडिकल क्षेत्रमा आएका आधुनिक प्रयोग तथा उपकरणहरु तथा कोरियनहरको विवाह ढिला हुने गरेकाले ढल्किँदो उमेरमा उनिहरुले बच्चा पाउने गरेको अनुमान गर्न सकिन्छ।

“केहि बच्चाका बुबा त ६० बर्ष माथिका छन भने कोही कोहि त अझ ७० बर्ष माथिका पनि छन।” आश्चर्य मान्दै सउलमा रहेको एक मेडिकल कलेजका प्रोफेसरले भने। “ढिलो उमेरमा हुने विवाह तथा केहि ले पुन गर्ने विवाह का कारण ढिला बच्चा जन्मने गरेको हो।” उनले थपे।

अहिले दक्षिण कोरियामा जन्मदर तल तल झर्ने क्रममा रहेको छ। कोरियामा गत ५ बर्षदेखि लगातार कम बच्चा जन्मिरहेका छन। सन २०१६ मा ४ लाख ६ हजार २ सय ४३ बच्चा जन्मेकामा गत बर्ष २ लाख ७२ हजार ३ सय ३७ बच्चा मात्र कोरियामा जन्मेका थिए। त्यसैगरी कम उमेरमा बुबा बन्ने पुरुषहरुको संख्या पनि घट्दो छ। तर ५० बर्षभन्दा माथि उमेरमा बुबा बन्ने पुरुषहरुको संख्या सन २०१६ को भन्दा गत बर्ष ०.४ प्रतिशतबाट बढेर ०.९ प्रतिशत पुगिसकेको छ।

बुढापाकाहरुको स साना बच्चा हुँदा उनिहरुको हुर्काइ बढाईका लागि धेरै रकम आवश्यक पर्ने बताइएको छ। त्यसैगरी कोरियामा अहिले बच्चा हुर्काउँदा लाग्ने खर्च पनि बढ्दो क्रममै रहेको छ। कोरिया इन्स्टिच्युट फर हेल्थ एण्ड सोसियल अफेयर्सका अनुसार मासिक प्रति बच्चा हुर्काउन लाग्ने खर्च सन २०१५ मा ६ लाख ४३ हजार रहेकोमा यो बढेर सन २०१८ मा आइपुग्दा ७ लाख ३३ हजार वन पुगेको छ।

प्रतिकृया दिनुहोस्