Friday, June 25

१५ लाखभन्दा बढिले भरेको इन्फ्रास्ट्रक्चर बैंक कस्तो छ? हेरौं बिस्तृतमा।

January 20, 2021 484

नेपालको पूर्वाधार विकासमा हुने लगानीमा थप गति प्रदान गर्न र पूर्वाधार एवं पूर्वाधार सम्बध्द अन्य क्षेत्रहरुमा हुने वित्तीय अभावलाई न्यून गर्नका लागि नेपाल सरकार, बाणिज्य बैंकहरु, जीवन र निर्जिवन बीमा कम्पनीहरु, सार्वजनिक तथा निजी कम्पनीहरु लगायत अन्य प्रतिष्ठित व्यवसायीहरु समेतको संयुक्त लगानीमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको स्थापना भएको हो।
बैंकले मिति २०७५ साल फागुन २२ गतेबाट औपचारिक रुपमा कारोबार सुरु गरेको थियो। बैंकको अधिकृत पूँजी ४० अर्ब रुपैयाँ छ भने जारी पूँजी २० अर्ब रुपैयाँ छ। सर्वसाधारणका लागि निष्काशन गरिएको आइपिओ बिक्री पछि बैंकको चुक्ता पूँजी २० अर्ब पुग्नेछ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडमा नेपाल सरकारसहित अन्य संस्थाहरुको ६० प्रतिशत सेयर स्वामित्व रहेको छ भने बाँकी ४० प्रतिशत सर्वसाधारणको सेयर रहेको छ।

बैंकले नेपालको पुँजी बजारको इतिहासमै सबै भन्दा ठूलो आईपीओ भरखरै बिक्री गरेको छ। इक्रा नेपालले यस बैंकको आइपिओलाई ‘इक्राएनपी आईआर त्रिपल बी’ रेटिङ्ग प्रदान गरेको छ।  यसले कम्पनीको वित्तयि अवस्था मध्यम रहेको, समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको र मध्यम क्रेडिट जोखिम रहेको जनाउँछ।

यस बैंकको सन्चालक समितीको अध्यक्षमा अनुज अग्रवाल रहेका छन्। विशाल ग्रुपको समेत बैंकमा लागनी भएकाले ग्रुपको तर्फबाट उनी सन्चालक समितीमा आएका हुन। त्यसैगरि नेपाल सरकारको समेत लगानी भएकाले अर्थ मन्त्रालयका तर्फबाट श्रीकृष्ण नेपाल सन्चालक समितीमा छन।आइएमइ ग्रुप, इमर्जिङ नेपाल जस्ता संस्थागत लगानीकर्ता भएकाले ति संस्थाको प्रतिनिधी पनि संचालक समितीमा छन। आइएमइ ग्रुपबाट चन्द्र ढकाल, इमर्जिङ नेपालका तर्फबाट लालमणी जोशी सन्चालक समितीमा छन्।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आर्थिक बर्ष ०७६/७७ मा सन्चित नाफा १ अर्ब २३ करोड ३४ लाख ७१ हजार रुपैयाँ रहेको देखाएको छ। त्यसैगरी आर्थिक बर्ष ०७७/७८ मा यस्तो नाफा १ अर्ब ७४ करोड ४३ लाख रुपैयाँ अनि ०७८/७९ मा १ अर्ब ३७ करोड ९ लाख ९५ हजार हुने कुरा कम्पनीले सार्वजनिक गरेको विवरणपत्रमा उल्लेख गरिएको छ।

आर्थिक वर्ष २०७९/८० सम्ममा प्रतिशेयर नेटवर्थ ११२ रुपैयाँ ८० पैसा पुग्ने कम्पनीले प्रक्षेपण गरेको छ।  गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विरण अनुसार बैंकको प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ रहेको छ।

यसैगरि आर्थिक वर्ष २०७९/८० सम्ममा प्रतिशेयर आम्दानी ८ रुपैयाँ ८२ पैसा पुग्ने कम्पनीले प्रक्षेपण गरेको छ।  गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विरण अनुसार बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ १० पैसा रहेको छ।

प्रतिकृया दिनुहोस्