Saturday, September 25

चन्द्रागिरी हिल्सको आइपिओ शुक्रबार बाँडिने, १० लाख ७१ हजार भन्दा बढिको हात रित्तो हुने।

January 20, 2021 584

चन्द्रागिरि हिल्सको आइपिओ शुक्रबार बाँडफाँड हुने भएको छ। आज प्रि अलोटमेण्टको काम सकेर बाँडफाँडका लागि धितोपत्र बोर्डसँग अनुमति मागिएको बिक्रि प्रबन्धकको काम गरिरहेको ग्लोबल आईएमई क्यापिटलले जानकारी दिएको छ।

कम्पनीको आईपिओमा आवेदन दिएका १२ लाख ५६ हजार ७४६ जनामध्ये १२ लाख ११ हजार ११५ आवेदन मात्रै प्रक्रिया पुरा भई बाँडफाँडमा सामेल हुन योग्य भएका छन्। बिभिन्न कारणले बाँकी ४५ हजार ६३१ जनाको आवेदन रध्द भएको छ। बैंक खातामा पैसा नहुने, दोहोरो आवेदन गर्ने कुराले आवेदन रध्द हुन सक्छ।

बाँडफाडमा सामेल हुने १२ लाख ११ हजार ११५ आवेदकमध्ये १ लाख ३९ हजार ६ सयजना भाग्यमानीले १० कित्ताका दरले सेयर पाउनेछन् भने बाँकी १० लाख ७१ हजार ५१५ जनाको हात रित्तो हुनेछ।

आईपिओमा निरास भएपनि चन्द्रागिरी हिल्स लिमिटेडले आईपिओ भन्नेहरुलाई १ बर्षसम्म चन्द्रागिरी केवलकार चढ्दा २५ प्रतिशत छुट दिने घोषणा गरिसकेको छ।

प्रतिकृया दिनुहोस्