Monday, September 27

विदेशी कामदार अ’भावका कारण कोरियाको कृषि क्षेत्र प्र’भावित

September 4, 2021 323

को’रो’नाका कारण दक्षिण कोरियाले विदेशी कामदारहरुको आगमनमा क’डा’इ गरेका कारण यहाँका धेरैजसो क्षेत्रमा कामदार अ’भाव हुन थालेको छ। विशेष गरी विदेशी कामदारमा नि’र्भर रहेको कोरियाको माछा पालन क्षेत्रले ठू’लो स’म’स्या व्य’होरीरहेको छ। बर्षौैदेखि कोरियाको माछा पालन तथा कृषि क्षेत्रमा विदेशी कामदारहरुले काम गरिरहेका थिए।

कोरियामा माछापालनमा खासगरी इण्डोनेशियाका कामदारहरुले काम गर्ने गर्दछन। कोरियाको नेशनल फेडेरेशन अफ फिसरीज कोअपरेटीभ्सका अनुसार चालु बर्षको पहिलो ६ महिनामा माछापालन क्षेत्रमा मात्र ६९ जना कामदारले कोरिया प्र’वेशको अ’नुमति पाएका छन। यि कामदारहरु अद’क्ष कामदारका रुपमा इपिएस मार्फत इ-९ भिजामा कोरिया आएका हुन। यो संख्या भनेको यस क्षेत्रमा अनुमानित आवश्यक संख्या ३ हजारको मात्र २.३ प्रतिशत हो।

अहिले दक्षिण कोरियामा माछा समात्न प्रयोग हुने २० टनभन्दा कम लोड क्षमताका डुङ्गाहरुमा विदेशी कामदारहरुलाई इ-९ भिजामा अ’दक्ष कामदारका रुपमा काम गर्ने अ’नुमति दिइएको छ। २० टन लोड क्ष’मताभन्दा बढिका माछा मार्ने डुङ्गामा भने इ-१० भिजाका विदेशीले मात्र काम गर्न पाउँदछन। इ-९ भन्दा इ-१० भिजामा विदेशी काम दार लैजान कोरिया सजिलो भएता पनि अहिलेको स्थितिले यो भिजमा पनि कामदार लान क’ठि’नाई भइरहेको छ।

“कोरियामा माछा समाउने डुङ्गाका लागि अहिले करिब १५ हजार विदेशी कामदार आव’श्यक पर्दछ। तर अहिले यहाँ काम गरिरहेको विदेशी कामदारहरुको संख्या यसको आधा पनि छैन। कम्पनीका मालिकहरुले कामदारहरुको अ’भा’वमा काम नै रो’क्नुपर्ने स्थिति आइसकेको छ।” कोरियाको नेशनल फेडेरेशन अफ फिसरीज कोअपरेटीभ्सका एक अधिकारीले बताए। कामदार अ’भा’वका कारण यहाँ भइरहेका कामदार तथा कोरियन कामदारहरुलाई पनि म’हङ्गो पैसा तिरे’र काम लगानउनुपर्ने बा’ध्य’ता परेका उनिहरुको भनाइ रहेको छ। 

प्रतिकृया दिनुहोस्