THE NRNA SHOW संचालन गर्दै एनआरएन ए कोरिया। गैर आवसिय नेपाली संघ दक्षिण कोरियाले आफ्नै साप्ताहिक कार्यक्रम THE NRNA SHOW शुरु गरेको छ । कोरियामा बसोबास गर्ने नेपालीको साझा आवाज बोल्ने, प्रवासी नेपालीहरुलाइ आफ्नो देशको कला,साहित्य, संगित लगायत समाजका विविध पाटासंग जोड्ने तथा मनोरन्जन र जानकारि प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम निर्माण गरिएको एनआरएनए कोरियाले जनाएको छ।
दुइ शृङ्खला संचालन भैसकेको यो कार्यक्रमका निर्देशक एनआरएनए कोरियाका युवा संयोजक अनित थपलिया हुन् भने प्रस्तोता गोविन्द बानियाँ हुन् । उक्त कार्यक्रम साप्ताहिक रुपमा NRNA SOUTH KOREA फेसबुक पेज तथा युट्युबमा TV 99 HD बाट प्रत्यक्ष प्रसारण हुन्छ। कोरियमा सक्रिय विभिन्न संघसंस्थाहरुले फरक फरक रुपमा यस्ता कार्यक्रम संचालन गर्दै आएपनि एनआरएनए ले पहिलोपटक संचालन गर्न लागेको हो । नियमित रुपमा १ बर्षसम्म कार्यक्रम निरन्तर संचालन हुने कार्यक्रम निर्देशक थपलियाले बताउनुभयो।
September 4, 2021 340
प्रतिकृया दिनुहोस्