Monday, September 27

कोरियामा रोलेक्स घडी किन्न मानिसहरु विहानैदेखि लाइनमा, किन यसको आकर्षण बढ्दो छ?

September 7, 2021 718

अहिले दक्षिण कोरियामा विश्वप्रसिध्द रोलेक्स घडी किन्नेहरुको लाइन लाग्न थालेको छ। लक्जरियस सामानहरुमा कोरियनहरुको आकर्षण बढ्दो छ। आकर्षण बढेसँगै यस्ता सामानहरु पाउन गा’ह्रो हुन थालेको छ। कोरियाको प्रसिध्द सर्च इन्जिन नेभरमा रहेको एक इन्टरनेट क्याफे अर्थात फोरम जसमा फेसन र चलेका ब्राण्डहरुको बारेमा चर्चा गरिन्छ त्यहाँ एक प्रयोगकर्ताले करिब ३ महिनाको निरन्तर प्रयासपछि रोलेक्स घडी किन्न सफल भएको भनि पोष्ट गरेका छन।

ति व्यक्तिले भनेका छन “आइतबार हुण्डाई डिपार्टमेन्ट स्टोरमा विहान २ बजेदेखि करिब ३० जना ब्यक्ति लाइन लागिसकेका थिए। विहान ५ बज्दा लाइनमा ७० जना मानिस पुगिसकेका थिए।” उनको यो पोष्टमा धेरैले कमेन्ट गर्दै उनलाई रोलेक्स घडी किन्न सफल भएकोमा बधाई दिएका देखिन्छ भने कतिले उनलाई भाग्यमानि भन्दै थिए।

मानिसहरु विहानैदेखि लाइनमा बसेर रोलेक्स पसलमा पहिलो खरिदकर्ता बन्न पाए घडी किन्न सफल भइन्छ भनेर लाइन बसेका हुन। तर उनिहरुले घडी किन्न पाउँछन पाउँदैनन भनेर यकिन भने हुँदैन। घडीको आपूर्ति माग अनुसार नभएकाले गर्दा यस्तो हुन पुगेको हो। अहिले कोरियामा रोलेक्स घडी हावामै विकिसक्छ भनेर मानिसहरु हाँसिमजाक गर्ने गरेको पाइन्छ।

लाइनमा घडी किन्न बसेकाहरु केहि आफ्नै लागि किन्न लागेका हुन भने केहि मानिसहरु भने किनेर अझ महङ्गोमा बेच्नका लागि लाइनमा बसेका हुन। बजारमा यो घडीको माग उच्च भएका कारण पैसा कमाइ हुने भएकाले उनिहरु विहानैदेखि लाइन लागेका हुन। लाइन बस्दा बस्दा दिक्क भएका केहि मानिसहरु भने सेकेण्ड ह्याण्ड घडी किन्ने समेत गरेका छन। यस्ता घडीहरु रिटेल मूल्यको दोब्बरमा समेत बजारमा बिक्ने गरेको पाइएको छ।

सेकेण्ड ह्याण्ड बजारमा अहिले यो घडी विभिन्न मूल्यमा पाइन्छ। रोलेक्स ओएष्टर घडीको मूल्य अफिसियल रोलेक्स कोरियाको वेवसाइटमा १० हजार ६८ डलर मूल्य रहेकोमा दोश्रो बजारमा यसको मूल्य २० हजार डलरभन्दा बढि रहेको पाइएको छ। कोरियामा घडीको अनलाईन ट्रेडिङ हुने वेवसाइटमा अर्का एक युजरले सन २०१७ मा किनेको रोलेक्स कोस्मोग्राफ घडीको मुल्य २५ हजार डलर राखेका छन जब की यसको मूल्य रोलेक्स कोरियाको वेवसाइटमा मात्र २० हजार डलर रहेको छ।

प्रतिकृया दिनुहोस्