Saturday, September 25

आइपिओको रिजल्ट कसरी हेर्ने? जान्नुस एकदम सजिलो तरिका

January 21, 2021 1829

कुनै पनि कम्पनीले निष्काशन गर्को आइपिओ वा अन्य निष्काशनहरु आफूलाई पर्यो वा परेन भनेर हेर्ने धेरै तरिकाहरु छन्। पहिले पहिले रिजल्टका लागि विभिन्न आर्थिक समाचार लेख्ने वेवसाईटमा गएर हेर्नुपर्थ्यो तर आजकाल त्यो झन्झट हटिसकेको छ।

अब देखि तपाईहरुले कुनै पनि कम्पनीको आइपिओको आवेदनको नतिजा हेर्नलाई कुनै पत्रीका, वेवसाइटको लिङ्क खोजिराख्नै पर्दैन। यदि आइपिओको लागि मेरोसेयर बाट अनलाइन आवेदन गर्नुभएको छ भने मेरोसेयरकै वेवसाइटबाट आफूलाई पर्यो परेन हेर्न सकिन्छ।

मेरोसेयरको वेवसाईट https://meroshare.cdsc.com.np/ बाट आफूलाई सेयर परे नपरेको यसरी हेर्नुस:

सुरुमा https://meroshare.cdsc.com.np/  टाइप गरि मेरो सेयरको वेवसाइट खोल्नुस।
अब लगइन गर्नुस। Depository Participants भनेको ठाउँमा आफ्नो डि म्याट खाता कुनबाट खोलेको हो छान्नुस। उदाहरणका लागि मेगा क्यापिटलबाट डि म्याट खाता खोल्नुभएको हो भने मेगा क्यापिटल छान्नुस।  Username मा आफ्नो डि म्याट खाताको अन्तिमको ५
अङ्क राख्नुस। अनि पासवर्ड के राख्नुभएको छ राख्नुस। अनि लगइन गर्नुस।
यसपछि दायाँ तिर रहेको अप्सनहरुमध्ये My ASBA मा जानुहोस।
अव माथितिर देखिने ४ वटा अप्सनहरुमध्ये Application Report मा click गर्नुहोस।

अब त्यहाँ आफूले कुन कम्पनीको सेयरको रिजल्ट हेर्न खोजेको हो त्यो कम्पनीको नाम देखिन्छ। त्यसको दायाँतिर REPORT भन्ने अप्सन देखिन्छ।
REPORT भन्ने अप्सनमा क्लिक गर्नुहोस्। अब तपाइले भरेको सेयरको सम्पूर्ण विवरण देखिन्छ।
यो विवरणको अन्तिमतिर STATUS भन्ने देखिन्छ।
यदि Status मा  Allotted देखिएमा तपाईदलाइ उक्त कम्पनीकोसेयर परेको छ भन्ने बुझ्नुपर्छ। Allotted Quantity मा १० लेखेको भए १० कित्ता परेको बुझिन्छ। २० लेखिएमा २० परेको बुझ्नुपर्छ।
यदि Status मा Not Allotted देखिएमा सेयर आफूलाइ नपरेको भनेर बुझ्नुपर्छ।

प्रतिकृया दिनुहोस्