Monday, September 26

गत ४ बर्षमा सउलका अपार्टमेण्टको मूल्य भयो दोब्बर, अधिकाँस अपार्टको मूल्य १ अर्व माथि

September 16, 2021 697

सउल, दक्षिण कोरिया। दक्षिण कोरियामा अहिले अपार्टमेण्टहरुको मूल्य बढिरहेको छ। खासगरी राजधानी सउलमा यसको चर्को मूल्यबृध्दि भएपछि अधिकांस अपार्टको मोल १ अर्व कोरियन वन भन्दा माथि पुगेको छ। गत ४ बर्षयता यहाँका अपार्टहरुको मूल्य ७० प्रतिशतभन्दा बढि बृध्दि भइसकेको छ। राजधानी सउलमा रहेका अपार्टमेण्टहरुमध्ये आधाभन्दा बढिको मूल्य १ अर्व वनभन्दा माथि पुगिसकेको तथ्याङ्कले देखाएको छ। यो मूल्य धेरै कोरियनहरुको क्षमता भन्दा माथि गइसकेको छ।

केबी कुकमिन बैंक कोरियाले सोमबार दिएको जानकारी अनुसार जुन महिनामा यहाँ बिक्री भएका अपार्टमेन्टहरुको औषत मूल्या १ अर्ब १ करोड रहेको थियो। यो मूल्य मे महिनाभन्दा १.६ प्रतिशतले बढेको हो। बैंकले यस्तो डाटा राख्ने थालेयताकै यो मूल्य अहिले सम्मकै उच्च हो। सन २०१७ मे महिनामा जव अहिलेका राष्ट्रपति मुन जे इनले सत्ता सम्हाले त्यसबेला सउलका अपार्टमेन्टको मूल्य औषतमा ६० करोड जति रहेको थियो। त्यसयताको ४ बर्षमा ६७ प्रतिशतले मूल्य बृध्दि भइसकेको छ।

गत बर्षको जनवरी महिनामा अपार्टको मोल ९० करोड वन नाघेको थियो। त्यसयताको १ बर्ष ५ महिनामा १० करोड वनले मूल्य बृध्दि भएको छ। अहिले राधानी सउल भई बग्ने प्रख्यात नदी हान नदीको दक्षिण तर्फ रहेका ११ वटा जिल्लामा अपार्टको औषत मूल्य १ अर्ब २५ करोड वन रहेको छ भने हान नदीको उत्तर तर्फका १४ वटा जिल्लामा रहेका अपार्टको औषत मूल्य ८६.८ करोड वन रहेको पाइएको छ।

प्रतिकृया दिनुहोस्