Wednesday, October 27

आवासीय भिसा भएका रि-इन्ट्री बाहक नेपाली नेपाल-जापान यात्रा गर्न सक्ने

September 18, 2021 125

जापानले को’भि’ड-१९ सं’क्र’म’ण नियन्त्रण गर्न भन्दै नेपालमाथि लगाएको प्रवेश प्र’तिब’न्ध ह’टाउने भएको छ । नेपालबाट रि-इन्ट्री भिसा भएकाहरूलाई जापान प्रवेशमा लगाइएको रो’क ह’टा’उने भएको हो ।

जापानको पररास्ट्र मन्त्रालयद्वारा प्रकाशित सीमा नि’य’न्त्रणसम्बन्धी सूचना अनुसार नेपालसहित अफगानिस्तान, भारत, श्रीलंका, बङलादेश र माल्दिभ्सबाट प्रवेशमा लगाएको रो’क हटा’उने निर्णय भएको उल्‍लेख छ । सेप्टेम्बर २० तारिखदेखि जापानको आवासीय भिसा भएका रि-इन्ट्री बाहक नेपाली नेपाल-जापान यात्रा गर्न सक्नेछन् ।

पछिल्लो समय जापान प्रवेश नखुल्दा सयौं नेपालीहरू तेस्रो मुलुक १४ दिन क्वारेन्टिन बसेर जापान आउन थालेका थिए । जापानमा कोभिड सं’क्र’म’णदर केही कम भएको र सं’क्र’म’ण घटेसँगै खोप लगाउनेको संख्या बढेपछि जापानले आवासीय भिसा बाहकको प्रवेशलाई खुलाएको हो बैशाखमा बिदामा नेपाल आएका सयौँ नेपालीहरू जापानले लगाएको प्र’ति’ब’न्धका कारण नेपालमै रोकिएका थिए ।

प्रतिकृया दिनुहोस्