Wednesday, October 27

निफ्राले गर्यो बोनस घोषणा, हेरौं कति दिने भयो बोनस?

September 21, 2021 2378

नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राले लाभांश घोषणा गरेको छ । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो।

जस अनुसार बैंकले हाल कायम चुक्ता पुंजी २० अर्बको ८.५ प्रतिशतले हुन आउने नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले स्वीकृति दिएपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ । बैंकले पहिलो पटक लाभांश घोषणा गरेको हो ।

प्रतिकृया दिनुहोस्