Wednesday, October 27

आउने भयो न्यादी हाइड्रोपावरको आइपिओ, हेरौं कहिलेबाट खुल्दैछ?

September 24, 2021 127

न्यादी हाइड्रोपावरले असोज १५ गते सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने भएको छ। कम्पनीले सर्बसाधारणलाई २२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने भएको हो। जस मध्ये ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५ सय कित्ता सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् ४५ हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्टाएको छ। बाँकि रहेको २० लाख ९२ हजार ५ सय कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन्।

शेयर निष्काशनको लागि  ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । यस आईपिओमा सर्बसाधारणले असोज १९ गतेसम्म आवेदन दिन सक्ने छन्। आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मको लागि आवेदन दिन सकिने छ।

कम्पनीले यस अघि  भदौ १ गतेदेखि  लमजुङका आयोजना प्रभावित स्थानीय र संस्थापक शेयरधनीका कर्माचारीलाई गरि १८ लाख कित्ता शेयर निष्काशन गरेको थियो । सो शेयर बाँडफाँड भईसकेको छ। कम्पनीले लमजुङमा ३० मेगावाटको  न्यादी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ।  कम्पनीमा बुटवल पावरको समेत लगानी छ। यो समाचार बिजपाटीमा प्रकाशित छ।

प्रतिकृया दिनुहोस्