Wednesday, October 27

कोरियामा रहेका नेपालीहरुका लागि खुशीको खबर, कोरियाले जारी गर्यो भिजासम्बन्धी यस्तो नियम

September 26, 2021 2791

दक्षिण कोरियामा भिसा सम्बन्धी नयाँ नियम लागु हुने भएको छ। दक्षिण कोरियामा E7-4 भिषामा रहने विदेशी नागरिक हरुले निश्चित मापदण्ड पुरा गरेर   F2-99 भिसामा आफ्नो भिसा परिवर्तन गर्न सकिनेगरी नियम लागु हुने भएको छ।

दक्षिण कोरियाको न्याय मन्त्रालयका अनुसार विगतमा E7-4 भिसा बहाक विदेशीहरुले F2-99लागु भिसा  परिवर्तन गर्न नपाउनु भएतापनि यो नियम लागु भएसंगै कोरियामा रहने E7-4 बहाक विदेशी नागरिकहरुमा खुशियाली छाउने भएको छ।

E7-4 बाट F2-99 भिसा परिवर्तन गर्नको लागि निम्न मापदण्ड पूरा गरेको हुनुपर्नेछ ।

1. समय अबधि:

E-7-4 भिसा लिएको 5 बर्ष पूरा भएको हुनुपर्ने

2. तलब

GNI( कोरियाको प्रतिब्यक्ती आय ) को 1.5 गुणा बढी हुनुपर्ने ,जस्तै 2021,को भन्ने हो भने 5करोड 62 लाख भन्दा धेरै भएको

3. कोरियन भाषा

KIIP or TOPIK) level 4 पास गरेको वा त्यो भन्दा माथी

4. सम्पत्ती /बैंक ब्यालेन्स

बिबाहित हुनुहुन्छ भने तपाईको खातामा 3000 मान वन हुनुपर्नेछ । , तर अविवाहितको खण्डमा कम्तीमा पनि 1 करोड 50 लाख हुनैपर्छ ।यदि F2-99 भिषा परिवर्तन भयो भने , आफ्नो परिवारको पनि F2-99 हुन्छ . यदि त्यसो भएको खण्डमा दुबैजनाले कानुनी रुपमै काम गर्न पाउनेछन ।2017 मा E7-4 बनाएका हरुको मापदण्ड पुगेको खण्डमा F2-99को लागि आवेदन गर्न सक्ने । पत्रकार महासघं दक्षिण काेरियाका महासचिव मिन विक को सहयोगमा तयार पारिएको सामाग्री

प्रतिकृया दिनुहोस्