Wednesday, October 27

धावनमार्गमा कछुवा भेटिएपछि जापानको नारिता एअरपोर्टमा केहिबेर फ्लाइट नै रोकियो

September 26, 2021 82

हवाईमार्ग हुँदै उड्ने जहाजहरुले विभिन्न किसिमा प्रतिकुल अवस्थामा सामना गर्नुपर्ने हुन्छ। तर शुक्रबार जापानको नारिताबाट उड्न तयार रहेका जहाजहरु एउटा अनौठो कारणले रोकिनुपर्यो। शुक्रबार टोकियोबाट ओकिनावाका लागि उड्न ठिक्क परेको जहाजमा यस्तो क्याप्टेनले यस्तो जानकारी प्रवाह गरे – “हाम्रो जहाज उड्नै लाग्दा धावनमार्गमा कछुवा देखिएपछि हामी केहिबेर रनवेमा नै रोकिँदै छौं।”

जापानको चिवा प्रिफेक्चर अन्तरगतको नारित एअरपोर्टको रनवे ए मा यस्तो भएको थियो। कछुवा रनवेमा देखिएपछि यसलाई हटाउन केहि समय लागेको थियो जसका कारण सबै उडानहरु करिब १० मिनेट ढिला भएको थियो। तर फ्लाइट ढिला भएपनि जहाजका क्रू मेम्बर तथा सबै यात्रीहरु भने खुशी थिए किनभने एउटा निर्दोष जिव अब खतराबाट मुक्त भएको थियो।

एअरपोर्टभित्र बेला बखतमा अन्य जिव जनावरहरु जस्तै बिरालो, सर्पहरु देखा परेतापनि कछुवा भने पहिलो पटक देखिएको पाइलटहरुले बताएका छन। कछुवालाई समातेर एअरपोर्टका कर्मचारीहरुले लगेका थिए। यो कछुवा ३० सेन्टिमिटर लामो तथा करिब २ किलोग्राम तौल भएको पाइएको छ। यो कछुवा पाइने ठाउँ एअरपोर्ट नजिकै कतै नभएका कारण कसैको कार्गोबाट निष्केर रनवेमा आएको हुन सक्ने आँकलन गरिएको छ।

प्रतिकृया दिनुहोस्